कामना सेवालाई अग्राधिकार शेयर जारी गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृत

काठमाडौँ । कामना सेवा विकास बैंकले नेपाल राष्ट्र बैंकबाट अविमोच्य अग्राधिकार शेयर जारी गर्न स्वीकृति प्राप्त गरेको छ ।
विकास बैंकले आफ्नो अठारौँ वार्षिक साधारण सभाबाट अग्राधिकार शेयर जारी गर्ने सम्बन्धी प्रस्ताव पारित गरी स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेस गरेको हो ।
नेपाल राष्ट्र बैंकले मंगलवार अग्राधिकार शेयर जारी गर्नको लागि स्वीकृति प्रदान गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए । नेपाल राष्ट्र बैंकले गत वर्षको मौद्रिक नीतिको तेश्रो त्रयमासिक समिक्षामा गरेको व्यवस्था बमोजिम बैंक तथा वित्तीय संस्थाहरूलाई पुँजीकोष सवलीकरण गर्नको लागि हकप्रद सेयरको विकल्पको रुपमा गत आषाढ १२ गते सर्कुलर जारी गर्दै अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न बाटो खुलाएको थियो ।
नेपाल राष्ट्र बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न बाटो खुलाएसँगै बैंकले गत आषाढ १७ गते नै ९ प्रतिशत प्रतिफल दर तोकेर ३५ लाख कित्ता अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको थियो । उक्त अग्राधिकार शेयर जारी गरे पश्चात् बैंकको पुँजीकोष वढ्न गई व्यवसाय विस्तारको अवसर वढ्न जानेछ । हालको बजारको तरलताको अवस्था र प्रतिफलको दरलाई हेर्दा संस्थागत लगानीकर्ताहरूलाई ९ प्रतिशत लाभांश प्रदान गर्ने अग्राधिकार सेयर लगानीको उचित माध्यम हुने बैंकले जनाएको छ ।
अव, नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात् उक्त अविमोच्य असञ्चिति अग्राधिकार सेयर विक्रीको लागि आव्हान हुने र सम्बन्धित नियामक निकायको स्वीकृति पश्चात् स्टक एक्सचेञ्जमा सूचीकृत हुने बैंकका प्रमुख कार्यकारी अधिकृत थकालीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्सास्थित एक सरकारी विद्यालयका कयौँ विद्यार्थी अचानक भए बेहोस
-
सभामुखका सुरक्षाकर्मीको सवारी दुर्घटनामा मृत्यु
-
एकसाथ रिलिज ‘लाज शरणम्’, ‘फेरि रेशम फिलिली’ र ‘मायावी’को व्यवसाय कस्तो ?
-
अरब राष्ट्रले गरे इजरायलको आलोचना
-
हिमपातले विद्यार्थी बिरामी, पठनपाठन प्रभावित
-
तीन सन्तान र पति छाडेर प्रेमीसँग गएकी महिलाले भिडियोमार्फत दिइन् चेतावनी