अन्नतः सामोआलाई हराउँदै ‘सुपर–६’ चरणमा पुग्यो न्युजिल्यान्ड

काठमाडौँ । अघिल्ला दुई खेलमा निराशाजनक प्रदर्शन गरेको न्युजिल्यान्ड अन्ततः मलेसियामा जारी आईसीसी महिला यू–१९ टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर–६’ चरणमा पुगेको छ । न्युजिल्यान्ड बुधबार सम्पन्न खेलमा सामोआलाई ६७ रनले हराउँदै ‘सुपर–६’ चरणमा पुगेको हो ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित १७ ओभरमा नौ विकेट गुमाएर एक सय सात रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको सामोआले भने १४.२ ओभरमै अलआउट हुनुअघि ४० रनमात्र बनाउन सक्यो ।
हारसँगै सामोआ उपाधि होडबाट बाहिरियो । समूह ‘सी’ तालिकामा दुई खेलबाट चार अंक जोडेको दक्षिण अफ्रिका पहिलो, समान खेलबाट तीन अंक बटुलेको नाइजेरिया दोस्रो र तीन खेलबाट दुई अंक हात पारेको न्युजिल्यान्ड तेस्रो स्थानमा छन् ।
यी तीनवटै टोली ‘सुपर–६’ चरणमा पुग्ने निश्चित भइसकेको छ । तीन खेल खेलेको सामोआ भने एक अंकसहित चौथो भयो । बुधबार नै दक्षिण अफ्रिका र नाइजेरियाले समूहगत चरणको अन्तिम खेल खेल्दैछन् । उक्त खेलमा विजयी हुने टोली समूह विजेता बन्नेछ ।
जारी प्रतियोगितामा प्रत्येक समूहबाट तीन–तीन टोली ‘सुपर–६’ चरणमा पुग्ने प्रावधान रहेको छ । न्युजिल्यान्डको टोली आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकासँग २२ रनले र दोस्रो खेलमा नाइजेरियासँग दुई रनले पराजित भएको थियो ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ
-
युरेनियम प्रशोधन हाम्रो अधिकार हो, सम्झौताको विषय होइन : इरान
-
अन्तर्राष्ट्रिय सेफ सोसाइटीले भृकुटीमण्डपमा फुड फेस्टिभल गर्दै
-
नगर कार्यपालिकाको निर्णयअनुसार तत्काल शिक्षक दरबन्दी मिलान नगर्नु : उच्च अदालत दिपायल