सहकारी ठगी प्रकरण
रुपन्देही जिल्ला अदालतमा रविको बयान सुरु
बुधबार, ०९ माघ २०८१, १४ : ००
_m7BH1KtnN5.jpg)
बुटवल। रुपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सुरु भएको छ । बुधवार न्यायाधीश प्राल्हदकुमार योगीको इजलासमा बयान सुरु भएको हो ।
बिहान अदालतले गोलापर्था गर्दा ५ नम्बर इजलासमा रविको मुद्दा परेको थियो । जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी अनन्त मरासिनीले फाइल रुजु गरेपछि बल्ल बयान सुरु भएको जानकारी दिए । उनले बयान साँझसम्म चल्ने बताए ।
रुपन्देहीमा रविसहित २२ जनाविरुद्ध मुद्दा परेको थियो । नारायणबहादुर पहारी सहितका सहकारीले पीडित दिएको जाहेरीका अधारमा आज रवि अदालत हाजिर भएका हुन्।
बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि बयानका लामिछाने बुटवल आएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालीनाली वन्यजन्तुको आहारा बन्न थालेपछि धान लगाउने खेतमा माछापालन
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?