मूल्य वृद्धिको समस्या उद्योग मन्त्रीले समाधान गर्ने हो : जनार्दन शर्मा
बुधबार, ०९ माघ २०८१, १३ : २५

काठमाडौँ । सांसद जनार्दन शर्माले मूल्यवृद्धिको समस्या उद्योग मन्त्रीले समाधान गर्नुपर्ने र समितिमा छलफल गर्न जरुरी नभएको बताएका छन् । उनले बुधवार प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिमा भएको छलफलमा सो कुरा बताएका हुन् ।
‘मूल्यवृद्धिको समस्या उद्योग मन्त्रीले समाधान गर्ने हो, समितिको काम होइन,’ उनले भने, ‘यो सरकारले समाधान गर्ने हो । किन ल्याइयो सार्वजनिक लेखा समितिमा ? मूल्य वृद्धिको विषय यहाँ छलफल गर्ने होइन । हाम्रो समय बरबाद भएको छ ।’
मूल्य वृद्धि नियन्त्रण गर्न नसक्नु राज्यको कमजोरी भएको उनले बताए । यस्तै विद्युत् लोडसेडिङ आजबाट हट्नेसमेत बताए । यसैगरी सरकारी स्वामित्वको उद्योगले सिमेन्टको मूल्यवृद्धि गरेको कुरा पनि शङ्कास्पद रहेको उनले बताए
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान कार्यान्वयनलाई सहज बनाउन संशोधन गर्नुपर्छ : कोइराला
-
विरेन्द्रचोकमा आन्दोलनरत पक्ष र प्रहरीबिच झडप, ५ प्रहरीसहित ७ घाइते
-
१० बजे १० समाचार : माधवलाई झलनाथको ‘काउन्टर’, ग्रे-लिस्टमा परेपछि बहस
-
एकीकृत समाजवादीले बैठकका निर्णय आइतबार सार्वजनिक गर्ने
-
एक वर्षमा ८६ पटक उडान अवरुद्ध
-
दार्चुलामा मध्यचमेलिया जलविद्युत् आयोजनाको शिलान्यास