बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

४ अर्ब ४९ करोड बचत रकम फिर्ता गरिदिन माग गर्दै काठमाडौँ महानगरपालिकामा निवेदन

बुधबार, ०९ माघ २०८१, १३ : १७
बुधबार, ०९ माघ २०८१

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा  ४ अरब ४९ करोड रुपैयाँ बचत रकम फिर्ताको पहल गरिदिन भन्दै निवेदन परेको छ । बुधवार ११८ वटा सहकारीका ६,२६६ बचतकर्ताले महानगरपालिकाको सहकारी विभागमा सो निवेदन दिएका हुन् ।

बचतकर्ताले सहकारी संस्थाहरूबाट ४ अरब ४९ करोड ४५ लाख ६८ हजार ८३४ रुपैयाँ बचत फिर्ता गराइदिन मागदावीसहित निवेदन दिएका महानगरपालिकाले जनाएको छ । 

महानगरपालिकाले अनुसन्धान र कारबाहीका लागि प्रहरीमा पठाएका ११८ वटा सहकारीका बचतकर्ताले यो मागदावी गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप