बैंकिङ प्रणालीबाट ९० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको ९० अर्ब रुपैयाँ तान्ने भएको छ ।
निक्षेप संकलनको उपकरण प्रयोग गरेर राष्ट्र बैंकले २१ दिनका लागि बैंक तथा वित्तीय संस्थामा रहेको ९० अर्ब रुपैयाँ खिच्न थालेको हो । यसको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । राष्ट्र बैंकले उक्त निक्षेपको साँवा तथा ब्याज भुक्तानी माघ ३० गते गर्ने जनाएको छ । बोलकबोलमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था मात्रै सहभागी हुन पाउने छन् । बजारमा कर्जायोग्य लगानी धेरै भएपछि यस्तो उपकरणको प्रयोग गरेर राष्ट्र बैंकले निक्षेप संकलन गर्ने गरेको छ ।
यसमा सहभागी हुन कम्तीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । उक्त रकम बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न समेत सकिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले मोरङको १० औँ अधिवेशन : आज मतदान
-
दुर्गेशको आक्रोश : बधाई, मेरो कार्यक्रम रोक्न सफल हुनु भयो !
-
अहिलेको सरकार जति टिक्छ, उति माओवादीलाई फाइदा हुन्छः प्रचण्ड
-
स्ववियु निर्वाचनः फागुन २७ गते मनोनयन दर्ता
-
टिकाथलीमा बोरिङ गर्दा प्रज्वलनशील ग्यास निस्कियो
-
मेरिटोक्रेसी मिचेर दोस्रो वरीयतामा रहेकालाई सहायक क्याम्पस प्रमुख नियुक्त गरेपछि असन्तुष्टि