सरकार आफैँ कालोबजारीको प्रतिनिधि भयो : सांसद सिंह
बुधबार, ०९ माघ २०८१, १२ : ३८

काठमाडौँ । प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले सरकार आफैँ कालोबजारीको प्रतिनिधि भएको आरोप लगाएका छन् । उनले प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा बोल्दै यस्तो आरोप लगाएका हुन् ।
'सरकार कालोबजारीको प्रतिनिधि बन्दै गएको छ । राजस्व सङ्कलन बढाउनका लागि मूल्यवृद्धि नियन्त्रण गर्दैन ।' उनले भने 'राजस्व बढ्यो भने बरु घुस खान सजिलो हुन्छ । मूल्य वृद्धि सरकारले नियन्त्रण गर्ला भनेर विश्वास गर्नुहुँदैन, बरु लेखा समितिबाट एउटा समिति गठन गरौँ र मूल्य निर्धारण गरौँ ।'
नेपालमा उत्पादन हुने कुल सिमेन्टको २५ प्रतिशत निर्माण व्यवसायीले खपत गर्ने र ७५ प्रतिशत जनताले उपयोग गर्ने भएकाले मूल्यवृद्धिको मारमा जनता परेको उनको भनाइ छ । २० प्रतिशत बढी नाफा राखेर बिक्री गर्नु कालोबजारी हुने भए पनि सरकारले बेवास्ता गरिरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपाङ्गताको पेन्सन थाप्न १६ वर्ष बोल्न नसक्ने अभिनय
-
सिन्धुली कलाघर– जहाँबाट सुरु हुँदैछ विश्वलाई जोड्ने कला–क्रान्ति
-
रजत विजेता दावा नगदसहित सम्मानित
-
शिक्षकहरूका माग सम्बोधन गर्न नेता साउदको आग्रह
-
सङ्घलाई जिडिपीको पाँच र प्रदेश तथा स्थानीय तहलाई राजस्वको १२ प्रतिशत नबढ्ने गरी ऋण उठाउन सिफारिस
-
विदेशी बैंकमा सरकारको सेयर लगानी ११ अर्ब ५२ करोड