उदयपुरमा विपन्न परिवारको आवासका लागि ८० घर निर्माण

उदयपुर । त्रियुगा नगरपालिकाले नगरभित्रका गरिब तथा विपन्न परिवारका लागि ८० घर तथा आवास गृह निर्माण गरेको छ । त्रियुगा–२ खैजनपुर, वडा नं ३ को मोतिगडा, वडा नं ४ को बगाहा, वडा नं ५ को देउरी र जलजले, वडा नं ७ को चुहाडेसहितका स्थानमा विपन्न परिवारका लागि ८० घर निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।
नगर प्रमुख वसन्तकुमार बस्नेतका अनुसार तत्कालका लागि ८० घर तथा आवास भवन निर्माण सम्पन्न गरिसकिएको र बाँकी पनि निर्माणकार्य धमाधम भइरहेका छन् । करिब एक भवन बराबर रु पाँच लाख मूल्यको लागानीमा स्थानीय बाँस प्रयोग गरेर ‘केमिकल’ प्रयोग गरी भूकम्प प्रतिरोधात्मकसहितका भवन तथा आवस गृह निर्माण गरिएको प्रमुख बस्नेतले बताए ।
नगरपालिकासँग साझेदारी संस्था ह्वाबिट्याट फर ह्युमानिटिजसँगको साझेदारीमा भवन निर्माण भइरहेको नगरपालिकाले जनाएको छ । उक्त आवास गृहमा विद्युत्, व्यवस्थापन, भान्सासहितको व्यवस्थापन गरेर आवास गृह निर्माण गर्ने कार्य भइरहेको पनि नगरपालिकाले जनाएको छ ।
नगरपालिका भित्रका झण्डै २५० विपन्न परिवारका लागि तत्काल आवास व्यवस्थापनको गर्न यस्तो कार्य तीव्ररुपमा अगाडि बढाइएको नगर प्रमुख बस्नेतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुलमानको नियुक्ति नै गैरकानुनी भन्दै हितेन्द्रले मागे अघिल्लो रिक्त कार्यकालको तलब सुविधा
-
किन भारत आउँदैछन् भ्लादिमिर पुटिन ?
-
प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित
-
दक्षिण कोरियाको जंगलमा फैलिएको आगलागी बस्तीमा, २७ जनाको मृत्यु
-
युवकको मुखमा प्रेमिकाको औँला फसेपछि....
-
मदनकृष्णले भने – एकछिन बत्ती निभ्दा सबैले कुलमानको नाम लिन्छन्, उनलाई हटाउँदा जनता खुसी छैनन्