सोमबार, ०८ वैशाख २०८२
ताजा लोकप्रिय
आईसीसी महिला यू–१९ विश्वकप

अस्ट्रेलियाविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने

बुधबार, ०९ माघ २०८१, १२ : १९
बुधबार, ०९ माघ २०८१

काठमाडौँ । मलेसियामा जारी आईसीसी महिला यू–१९ टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको बुधबार हुने अस्ट्रेलियाविरुद्धको खेलमा नेपालले पहिले फिल्डिङ (बलिङ) गर्ने भएको छ । अस्ट्रेलियाले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो ।

समूहगत चरणमा यी दुबै टोलीले अन्तिम खेल खेल्न लागेका हुन् । यो खेल नेपालका लागि निकै मत्वपूर्ण छ । समूह ‘डी’ अन्तर्गतको यो खेलमा विजयी भए नेपालको ‘सुपर–६’ चरणमा पुग्ने सम्भावना बलियो बन्नेछ । यो समूहबाट अस्ट्रेलिया र बंगलादेश ‘सुपर–६’ चरणमा पुगिसकेका छन् ।

दुई खेल खेलेको अस्ट्रेलिया चार अंकसहित पहिलो र तीन खेल खेलेको बंगलादेश पनि चार अंकसहित दोस्रो स्थानमा आसिन छन् । तीन खेल खेलेको स्कटल्यान्ड दुई अंकसहित तेस्रो स्थानमा छ । दुई खेल खेलेको नेपालले भने अंक बटुल्न सकेको छैन । प्रत्येक समूहबाट तीन–तीन टोली ‘सुपर–६’ चरणमा पुग्ने प्रावधान छ । नेपाल र अस्ट्रेलियाबिचको खेल नेपाली समय अनुसार दिउँसो १२ः१५ बजे सुरु हुनेछ । हाल स्कटल्यान्डको भन्दा नेपालको नेट रन रेट राम्रो रहेको छ । 

अस्ट्रेलियालाई हराउन सके नेपालको पनि दुई अंक हुनेछ । त्यसपछि नेट रन रेटका आधारमा ‘सुपर–६’ चरणमा पुग्ने तेस्रो टोलीको टुंगो लाग्नेछ । नेपाल यसअघि आफ्नो पहिलो खेलमा बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपाली टोली स्कटल्यान्डसँग एक विकेटले हारेको थियो ।

नेपाली युवा टोलीमा पूजा महतो (कप्तान), सोनी पाख्रिन, किरण कुमारी कुवँर, कृष्मा गुरुङ, साना प्रविण, स्नेहा महरा, सावित्री धामी, तृषना विक, रिया शर्मा, अलिशा कुमारी यादव, कुसुम गोदार, सिमाना केसी, ज्योत्सनिका मरासिनी, रचना चौधरी र अनु कडायत रहेका छन् ।
 

ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025 ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप