एआईमा ५ खर्ब डलर लगानी गर्दै अमेरिका

वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक नयाँ कम्पनी मार्फत कृत्रिम बौद्धिकता (एआई) पूर्वाधारमा ५ खर्ब डलर लगानी गर्ने घोषणा गरेका छन् । ओर्याकल, सफ्टबैंक र ओपन एआईसले मिलेर सो लगानी गर्न लागेका छन् ।
आईटी क्षेत्रमा यो अहिलेसम्मकै सबैभन्दा ठूलो परियोजना हुने विश्वास गरिएको छ । ‘स्टारगेट’ नामक यो उद्यम अमेरिकी डाटा सेन्टरहरूमा प्रविधि कम्पनीहरूले महत्वपूर्ण लगानी हुनेछ । तीनओटै कम्पनीहरूले यसका लागि आर्थिक सहयोग गर्ने योजना बनाएका छन् ।
यसमा अन्य लगानीकर्ताहरूले पनि लगानी गर्न सक्नेछन् । परियोजना टेक्सासमा बनिरहेका १० वटा डेटा सेन्टरहरूबाट सुरु हुने बताइएको छ । ट्रम्पले मंगलबार ह्वाइट हाउसमा ओर्याकलका प्रमुख प्राविधिक अधिकृत ल्यारी एलिसन, सफ्टबैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मासायोशी सन र ओपन एआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानसँगै पत्रकार सम्मेलनमा यो घोषणा गरेका हुन् ।
यस कम्पनीले १ लाख भन्दा बढीलाई रोजगारी दिने भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजा ज्ञानेन्द्र : ‘मौकामा चौका हान्न’ समर्थक उचाल्ने प्रयास !
-
सप्तकोशी नदी किनारबाट १८० किलो गाँजा बरामद
-
भाषा हराएमा समाज कमजोर हुनसक्छ : सभापति देउवा
-
सम्बन्ध विच्छेदको हल्लाबारे के भन्छिन् मिशेल ?
-
पूर्वप्रधानमन्त्री शेख हसिना विरुद्ध अर्को पक्राउ पुर्जी जारी
-
जनतासँग माओवादी तराई मधेस जागरण अभियान पुन: सुरु