बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

सिमेन्टको मूल्य वृद्धि  होइन, मूल्य समायोजन गरिएको हो : अध्यक्ष मारू

बुधबार, ०९ माघ २०८१, १२ : ०६
बुधबार, ०९ माघ २०८१

काठमाडौँ। सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्द मारूले सिमेन्टको मूल्यवृद्धि नभएर मूल्य समायोजन गरेको बताएका छन् । बुधबार सार्वजनिक लेखा समितिमा भएको छलफलमा उनले यस्तो बताएका हुन् । 

उनलाई लेखा समितिका सभापति ऋषिकेश पोखरेलले सिमेन्टको मूल्य वृद्धि गर्नुको कारणबारे सोधेका थिए । जवाफमा उनले अघिल्ला वर्षहरूमा ठुलो घाटा बेहोर्नु परेको कारण  मूल्य समायोजन गरेको बताए ।

'मूल्यवृद्धि नभनेर मूल्य समायोजन भन्दा हुन्छ,' उनले भने,'विगतमा ठुलो घाटा बेहोर्नुपरेकाले घाटालाई समायोजन गर्न थोरै मूल्य समायोजन गरेका हौँ ।'

यस्तै पछिल्लो तीन महिना यता १२ घण्टा लोडसेडिङ भएकाले उत्पादनमा समस्या भएको, उत्पादन लागत बढेकाले मूल्य समायोजन गरेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप