नयाँ शक्तिले यसरी मनायो स्थापनाको पहिलो वर्ष (१३ तस्बिरमा हेर्नुहोस्)
काठमाडौँ – नयाँ शक्ति पार्टी, नेपालले स्थापनाको पहिलो वर्षगाँठ पूरा गरेको छ । पार्टी स्थापनाको एक वर्ष पूरा भएको अवसरमा नयाँ शक्ति पार्टीले केन्द्रीय कार्यालय बबरमहलमा एक विषेश कार्यक्रमको आयोजना गरी बार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको गर्यो ।
सो अवसरमा शुभकामना मन्तव्य राख्दै नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले मुलुकलाई समृद्ध बनाउनका निम्ति पुरानोलाई भत्काएर नयाँ बनाउने आँट गर्नैपर्ने बताए । उनले पार्टीका अभियन्ताहरुलाई नयाँ शक्तिलाई साच्चिकै नयाँ बनाउन दृढ अठोटका साथ लाग्न समेत आग्रह गरे ।
पूर्व प्रधानमन्त्री समेत रहेका पार्टी संयोजक डा. भट्टराईले संसारमा सम्पदा र सम्पत्तिको थुप्रो लाग्दासमेत हामी गरिब हुन बाध्य भएको तर्क गर्दै भने – ‘गरिबीको अन्त्य गर्दै हाम्रै जीवनकालमा देशलाई समृद्ध बनाउने महान अभियानलाई लिएर हाम्रो पार्टी अघि बढेको छ ।’
उनले देशका पुराना पार्टीहरुले दलीय सिन्डिकेट नै निर्माण गरी भ्रष्टचारलाई संस्थागत गरेको दाबी गरे ।
सो वार्षिकोत्सव कार्यक्रममा नयाँ शक्ति पार्टीका विभिन्न तहमा रहेको नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार प्रधानमन्त्रीले चीन भ्रमणका विषयमा छलफल गर्ने
-
कुनै पनि उडान प्रभावित नपार्न पाइलटहरुलाई निगमको अनुरोध
-
१० बजे १० समाचार : रवि लामिछाने अझै दुई साता हिरासतमै रहनेदेखि बालेनको पत्र बुझ्न एमालेको अस्वीकारसम्म
-
सार्क राष्ट्रबिच सम्बन्ध बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण छ : सञ्चारमन्त्री गुरुङ
-
रूखले च्यापिएर एकको मृत्यु, दुई जना गम्भीर घाइते
-
जनकपुरधाममा विवाहपञ्चमीको तयारी सुरु