अपराजित इङ्ल्यान्ड ‘सुपर–६’ चरणमा, हारेर पनि अगाडि बढ्यो अमेरिका

काठमाडौँ । मलेसियामा जारी आईसीसी महिला यू–१९ टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको बुधबार सम्पन्न खेलमा इङ्ल्यान्डले अमेरिकालाई आठ विकेटले पराजित गरेको छ । इङ्ल्यान्ड यसअघि नै प्रतियोगिताको ‘सुपर–६’ चरणमा पुगिसकेको छ ।
यसैगरी, समूहगत चरणको अन्तिम खेलमा पराजित भए पनि अमेरिकाले समेत ‘सुपर–६’ चरणमा स्थान पक्का गरेको छ । समूह ‘बी’ तालिकामा तीन खेल खेलेको इङ्ल्यान्ड पाँच अंकसहित पहिलो र समान खेल खेलेको अमेरिका तीन अंकसहित दोस्रो स्थानमा आसिन छन् ।
यो समूहको अन्तिम खेल बुधबार नै पाकिस्तान र आयरल्यान्डबिच खेलिने छ । उक्त खेलमा विजयी हुने टोली पनि प्रतियोगिताको ‘सुपर–६’ चरणमा पुग्नेछ । दुई खेल खेलेको पाकिस्तान एक अंकसहित तेस्रो र समान खेलबाट समान अंक बटुलेको आयरल्यान्ड चौथो स्थानमा छन् ।
बुधबारको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय १९ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको इङ्ल्यान्डले १४.२ ओभरमै केवल दुई विकेट गुमाएर विजयलक्ष्य पुरा गर्यो ।
इङ्ल्यान्डको जितमा ओपनर डाभिना पेरिनले अर्धशतकीय योगदान गरिन् । उनले ७४ रन बनाइन् । यस क्रममा उनले केवल ४५ बलको सामना गरी तीन छक्का र नौवटा चौका पनि हिर्काइन् । तेस्रो नम्बरकी ब्याटर ट्रुडी जोन्सनले पनि अविजित ४४ रन बनाइन् ।
जोन्सनले ३९ बलमा पाँच चौका हिर्काइन् । त्यसअघि, अमेरिकाका लागि कप्तान एनिका कोलनले अविजित ४६ रन बनाएकी थिइन् । उनले ४२ बलको सामना गरी एक छक्का र दुई चौका पनि हिर्काइन् । रितु सिंहले पनि २० रन जोडेकी थिइन् । इङ्ल्यान्डका बलर प्रिसा थानावाला र ट्रुडी जोन्सनले दुई–दुई विकेट लिए ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंगलुरु र पञ्जाबको खेलमा वर्षा बाधक
-
भारत सरकारको सहयोगमा सुन्दरहरैँचामा विद्यालय भवनको शिलान्यास
-
सीके राउतको गेम : श्रीमानविरुद्ध उजुरी, श्रीमतीलाई कुर्सी
-
रोबर्टो कार्लोस अब अर्को हप्ता एनएसएल हेर्न आउने
-
शिक्षकहरू आन्दोलनमा गएपछि व्यवस्थापन समितिले थाल्यो विद्यार्थी भर्ना अभियान
-
खेलकुदमा लगानी गर्न हिच्किचाउनु हुँदैन : सभामुख घिमिरे