बागलुङका ११ हजार किशोरीलाई एचपीभी खोप लगाइने
_9fszKXk6aY.jpg)
गलकोट । यही माघ २२ देखि फागुन ३ गतेसम्म जिल्लाका ११ हजार पाँच सय ५५ जना किशोरीलाई एचपीभी खोप लगाइने भएको छ । महिलाको पाठेघरको मुखमा लाग्ने क्यान्सर उन्मूलन गर्न एचपिभी खोप लगाइने प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
जनस्वास्थ्य कार्यालयका प्रमुख घनश्याम सापकोटाका अनुसार यो वर्ष जिल्लाका १० पालिकाका कक्षा ६ देखि १० सम्म अध्ययनरत १० देखि १४ वर्ष उमेर समूहका युवतीलाई एचपीभी लगाइने छ । माघ २२ देखि २८ गतेसम्म पहिलो चरणमा छ पालिका र दोस्रो चरणमा फागुन ३ सम्म लगाइनेछ । पहिलो चरणमा छ पालिका र दोस्रो चरणमा चार पालिकामा खोप अभियान चलाइने छ ।
खोप लगाउन तीन सय १५ स्वास्थ्यकर्मी, छ सय २६ जना स्वयंसेविका परिचालन गरिएको छभने तीन सय १२ खोप केन्द्र निर्धारण गरिएको छ । स्त्रीरोग विशेषज्ञ विजय ओझाका अनुसार एक दिनमा नेपालमा चार जना महिलाको पाठेघरको क्यान्सरबाट मृत्यु हुने गरेकाले किशोरीलाई खोप लगाउँदा भविष्यमा हुने क्यान्सरबाट बच्न सक्ने बताए ।
ओझाले शारीरिक सम्पर्कमा आउनुभन्दा पहिला खोप लगाउँदा प्रभावकारी हुने भएकाले १० देखि १४ वर्ष उमेर समूहका किशोरी छनोट गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोनाल्डोलाई पनि मेस्सीसँगै इन्टर मियामीबाट क्लब विश्वकप खेलाउने योजनामा बेकह्याम
-
काठमाडौंमा भोलि दुई ठुला प्रदर्शन हुने, अस्ट्रेलियन दूतावासको ट्राभल एडभाइजरी
-
गर्मीमा अनुहारमा दल्नु हुन्न यी चिज, नत्र अनुहार बिग्रन सक्छ
-
‘कुलमानको विषयलाई लिएर प्रतिपक्षले संसद् अवरुद्ध पार्नु संविधान विपरीत’
-
छिटपुट पानी पर्न थालेपछि दक्षिण कोरियालाई डढेलोबाट राहत
-
कुलमानको नियुक्ति नै गैरकानुनी भन्दै हितेन्द्रले मागे अघिल्लो रिक्त कार्यकालको तलब सुविधा