नवजात शिशुसहित सुत्केरीको उद्धार
बुधबार, ०९ माघ २०८१, १० : ३७

सोलुखुम्बु । थुलुङ दूधकोशी गाउँपालिका–६ मुक्लिबाट नवजात शिशुसहित थुलुङ दुधकोशी–२ की २१ वर्षीय शर्मिला बस्नेतको आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
थुलुङ दुधकोशी अस्पतालमा मङ्गलबार शिशुको जन्म भए पनि जटिल स्वास्थ्य अवस्थाका कारण राष्ट्रपति महिला उद्धार कार्यक्रमअन्तर्गत उपचारका लागि काठमाडौँ लगिएको प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताए ।
आमा र बच्चालाई थापाथलीस्थित प्रसूतिगृहमा भर्ना गरिएको जानकारी आफूलाई भर्खरै प्राप्त भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यदल र उच्चस्तरीय संयन्त्रको छुट्टाछुट्टै बैठक आह्वान
-
नेपालको लगातार तेस्रो जित, १३ औँ ओभरमै हङकङलाई हरायो
-
वीरगन्जमा सामाजिक सद्भाव कायम गर्न सरकार गम्भीर बन्नुपर्छ: साह
-
सरकारको कार्यशैलीमा विश्वप्रकाशको ७ बुँदे असहमति
-
सिटामोल र जीवनजलको उत्पादन रोकियो
-
महाधिवेशनबारे औपचारिक निर्णय गर्न रास्वपाले बोलायो बैठक