चीनबाट आउने सामानमा अतिरिक्त महसुल लगाउँदै ट्रम्प

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेब्रुअरी १ देखि चीनमा बनेका सामानमा १० प्रतिशतको अतिरिक्त महसुल लगाउने योजना बनाएका छन् ।
ह्वाइट हाउसमा पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो अभिव्यक्ति दिएका हुन् । यो कदमलाई सही ठहर्याउन उनले चीनले मेक्सिको र क्यानडा हुँदै फेन्टालिन नामक लागू औषध अमेरिका पठाइरहेको सन्दर्भलाई झिकेका थिए ।
ट्रम्पले पदभार सम्हालेकै दिनमा मेक्सिको र क्यानडाबाट आउने सामानमा २५ प्रतिशत अतिरिक्त कर लगाउने चेतावनी दिएका थिए ।
त्यसको भोलिपल्ट चीनलाई यो चेतावनी दिइएको हो । अमेरिकाको नाम उल्लेख नगरीकन चिनियाँ उपप्रधानमन्त्रीले आफ्नो देशले व्यापार तनावमा दुबैलाई लागि जित–जितको अवस्था खोजिरहेको र आयात बढाउन चाहेको भनेका थिए ।
आफ्नो चुनावी अभियानयता नै ट्रम्पले चीन, मेक्सिको र क्यानडामाथि अतिरिक्त महसुल लगाउने चेतावनी दिँदै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार आजका लागि यस्तो छ विदेशी मुद्राको दरभाउ, कसको मूल्य कति ?
-
स्वास्थ्यमन्त्री पौडेल अमेरिकाको न्युयोर्कमा
-
झापामा ५० हजार बढी भूमिहीनले मागे जग्गाधनी पूर्जा
-
आईपीएलमा गुजरातको लगातार तेस्रो जित, चार खेल गुमाउँदै हैदरावाद झर्यो पुछारमा
-
रोचक बन्दै ला लिगा, शीर्ष टोलीलाई धक्का पुग्दा एटलेटिकोलाई सफलता
-
प्रिमियर लिग : लिभरपुल फुलहमसँग हार्दा म्यान्चेस्टर डर्बीमा गोलरहित बराबरी