मेनपावर व्यवसायीलाई सरकारले दियो तालिम
काठमाडौँ । वैदेशिक रोजगार बोर्डले मेनपावर व्यवसायीहरूलाई तालिम दिएको छ। स्वच्छ भर्ना प्रक्रिया र कानुनी व्यवस्थाबारे बोर्डले तालिम दिएको हो।
बोर्डले स्वीकृत कार्यक्रमअनुसार उक्त तालिम दिएको हो । तालिम आज र भोलि गरेर दुई दिनसम्म२ सिफ्टमा आनन्द इभेन्ट म्यानेजमेन्ट एन्ड मिटिङ भीमसेनगोलामा सञ्चालन भएको हो।
‘वैदेशिक रोजगार श्रम शोषण अन्त्य, आईएलओको निष्पक्ष भर्ना पहल, २०१४’ अन्तर्गत सरकार, रोजगारदाता र मेनपावर कम्पनीलाई मार्गदर्शन गरिएको छ ।
बोर्डले सबै व्यवसायीलाई तालिममा सहभागी गराउन नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घलाई पत्राचार गरेको थियो ।
तालिमको उद्घाटन समारोहमा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले सुरक्षित र मर्यादित वैदेशिक रोजगारीका लागि इमानदारीपूर्वकता सेवा प्रवाह गर्न व्यवसायीलाई सुझाव दिए।
वैदेशिक रोजगार व्यवसायप्रति आमनागरिकको विश्वास बढ्ने गरी काम गर्नुपर्नेमा जोड दिए । त्यसका लागि सेवा प्रवाह पारदर्शी बनाउन सुझाव दिँदै उनले नैतिक व्यवहार अवलम्बन गर्न आग्रह गरे । मन्त्री भण्डारीले आप्रवासी श्रमिकलाई अकाल मृत्यु र ऋणको पासोमा पर्न नदिन पनि व्यवसायी जिम्मेवार हुनुपर्ने बताए । मन्त्रालयले श्रमिकलाई वैदेशिक रोजगार प्रस्थान अघिपछि तालिम एवं सुसूचित गराउँदै आएको उनको भनाइ थियो । मन्त्रालयले वैदेशिक रोजगारमा जानेलाई बिना धितो ऋण उपलब्ध गराउन कार्यविधि तयार गरिरहेको समेत बताए ।
“वैदेशिक रोजगारीमा १६ वर्षमा १४ हजार नेपाली श्रमिकको मृत्यु भइसकेको छ । अहिले पनि खाडीमुलुकबाट आएका ४० प्रतिशत श्रमिक डायलासिस गर्दैछन्, धेरै मिर्गौलाका बिरामी छन्”, उनले भने, “श्रमिकलाई बचाउने हिसाबले सरकार अघि बढेका छौँ । व्यवसायी पनि नैतिक हुन्छु भन्ने प्रण गर्नुहोस् ।”
उनले श्रमिकको सुविधाका लागि मन्त्रालय र मातहतका निकायको कामलाई पूर्णरूपमा ‘डिजिटलाइजेसन’ गर्न प्रयासरत रहेको बताए। व्यवसायी र श्रमिकबिचको बिचौलियालाई हटाउन जोड दिँदै उनले अध्यादेशमार्फत आएको सुशासन ऐनको व्यवस्थाअनुसार अनावश्यक काम अल्झाउने र अड्काउने सरकारी निकायलाई कारबाही गर्न कानुनी उपचारको प्रयोग गर्न सुझाव दिए।
वैदेशिक रोजगार बोर्डको सचिवालयका कार्यकारी निर्देशक डा द्वारिका उप्रेतीले यस गोष्ठीमा सरकार र व्यवसायीबिचको घनिभूत छलफलबाट निष्कर्षमा पुगिने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको व्यवस्थापन विज्ञ सदस्यमा गंगादत्त जोशी र हिरा बोहरा सिफारिस
-
बागलुङका ११ हजार किशोरीलाई एचपीभी खोप लगाइने
-
नवजात शिशुसहित सुत्केरीको उद्धार
-
सशस्त्र प्रहरी बल २४औँ वर्षमा
-
झापामा ६ महिनामा दुई सय १३ जना पक्राउ
-
दुई वर्षमा सूर्यविनायक–धुलिखेल सडक निर्माण ३५ प्रतिशतमात्र