स्विजरल्याण्डको डाभोसमा कतारी प्रधानमन्त्रीले भने-'गाजामा हामी पीएम देख्न चाहन्छौं'
काठमाडौं । कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसीम अलथानीले युद्ध समाप्त भएपछि प्यालेस्टाइनी प्राधिकरण गाजामा फेरि फिर्ता हुने विश्वास लिएका छन् । उनले प्यालेस्टाइनी प्राधिकरण (पीए) अब शासकीय भूमिका निर्वाह गर्नका लागि गाजा फिर्ता हुने विश्वास व्यक्त गरेका हुन् ।
हमासले दक्षिणी इजरायलमा आक्रमण गरेपछि इजरायलले ७ अक्टुबर २०२३ मा गाजामा सुरु गरेको युद्धका दौरान कम्तिमा पनि ११ सय ३९ जना मारिएका छन् । जसमा बढिजसो आम नागरिक रहेका बताइन्छ ।
प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले गाजामा इजरायली आक्रमणले ४७ हजारबढी मानिस मारिएका जनाएको छ । त्यति मात्र नभई इजरायलले प्रभावित क्षेत्रमा सहायता आपूर्तिमाथि गम्भीर प्रतिबन्ध लगाएको थियो । जसकारण मानवीय संकटको चेतावनी दिइएको थियो ।
प्रधानमन्त्री अलथानीले स्विजरल्याण्डको डाभोसमा विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा हमास र इजरायलबीचको युद्धविरामपछिको उपायका बारेमा बोलेका हुन् । उनले अगाडि भने, ‘हामी गाजामा पीएम देख्न चाहन्छौं । हामीलाई त्यस्तो सरकार देख्ने इच्छा छ जसले त्यहाँका नागरिकको मुद्दा समाधान गरोस् । र, गाजाको विनाशका लागि एक लामो यात्रा तय गरिनु पर्दछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत र अमेरिकाका विदेशमन्त्रीहरूको भेटवार्तामा के भयो कुराकानी ?
-
नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’
-
टर्कीको रिसोर्टमा आगलागी, मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो
-
ट्रम्पको शपथ ग्रहण लगत्तै पुटिन र सीबिच भिडियो कल
-
लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
तीनबुँदे सहमति गरेर कांग्रेसले खोल्यो पोखरा महानगरमा लगाएको ताला