नारायणको बार आज कसलाई कति फलदायी ? हेरौँ राशिफल
विक्रम संवत २०८१ साल माघ ९ गते, बुधबार । ईश्वी सन् २०२५ जनवरी २२ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । माघ कृष्णपक्ष । तिथि–अष्टमी, १६ घडी ३१ पला, दिउसो १ बजेर ३३ मिनेट उप्रान्त नवमी । नक्षत्र–स्वाती, ४५ घडी ४७ पला, रातको १ बजेर १५ मिनेट उप्रान्त विशाखा । योग–शूल, ५२ घडी ८ पला, रातको ३ बजेर ४८ मिनेट उप्रान्त गंड । करण–कौलव, दिउसो १ बजेर ३३ मिनेट उप्रान्त तैतिल, रातको २ बजेर ३५ मिनेट उप्रान्त गर । आनन्दादिमा–धुम्र योग । चन्द्रराशि–तुला । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५७ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ३५ मिनेट । दिनमान २६ घडी ३६ पला ।
आजको बार बेला
बिहान ०६ बजेर ५७ मिनेटसम्म लाभ बेला ।
बिहान ६ बजेर ५८ मिनेटदेखि बिहान ८ बजेर १६ मिनेटसम्म अमृत बेला ।
बिहान ८ बजेर १८ मिनेटदेखि बिहान ९ बजेर ३६ मिनेटसम्म काल बेला ।
बिहान ०९ बजेर ३७ मिनेटदेखिबिहान १० बजेर ५६ मिनेटसम्म शुभ बेला ।
बिहान १० बजेर ५७ मिनेटदेखि बिहान १२ बजेर १६ मिनेटसम्म रोग बेला ।
मध्यान्ह १२ बजेर १७ मिनेटदेखि दिउँसो १ बजेर ३६ मिनेटसम्म उद्धेग बेला ।
दिउसो १ बजेर ३६ मिनेटदेखि दिउँसो २ बजेर ५५ मिनेटसम्म चर बेला ।
दिउँसो २ बजेर ५६ मिनेटदेखि बेलुकी ४ बजेर १५ मिनेटसम्म लाभ बेला ।
बेलुकी ४ बजेर १६ मिनेटदेखि बेलुकी ७ बजेर १५ मिनेटसम्म उद्धेग बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
दिउँसो १२ बजेर १५ मिनेटदेखि दिउँसो १ बजेर ३५ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।
ब्रम्हा मुहुर्त
बिहान ५ बजेर २२ मिनेटदेखि बिहान ६ बजेर १० मिनेटसम्म ब्रम्हा मुहुर्त रहनेछ ।
आजको राशिफल
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) कडा परिश्रम गर्दा पनि प्रतिफल न्यून आउने हुनाले मन खिन्न हुनेछ । व्यापार तथा वित्तीय क्षेत्रमा घाटा लाग्ने योग रहेकोछ भने व्यापारको शिलशिलामा गरिने यात्रा निअर्थक हुनेछ । सवारी साधन तथा विलाशी वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । आत्मबल तथा सम्यम्मता गुमाउदा आफैलाई घाटा लाग्न सक्छ । माया प्रेममा एक अर्कालाई अविश्वास गर्नाले नचाहँदा नचाहँदै टाडिनु पर्ने बाध्यता आउन सक्छ ।
बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । परिस्थितिलाई आफ्नो पक्षमा ल्याउन सकिने हुनाले समयमा कामहरु बन्नेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नीबीच मायाको डोरो अझ कसिलो भएर जानेछ । पारिवारिक यात्रा हुने अधिक सम्भावना रहेकोछ भने यात्राका क्रममा बिभिन्न रमाइला स्थलहरुको भ्रमण गर्न सकिनेछ । न्यायिक निर्णयहरु तपाईंकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ । शेयर बजार तथा उद्योगमा गरिने लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) आफ्नो ज्ञानलाई सही समयमा प्रयोग गर्न सकिने हुदा चुनौती पन्छाएर काम बनाउन सकिनेछ । बौद्धिकताको प्रतिस्पर्धामा तपाईंकै जित हुनेछ भने भनेजस्तो पारिश्रमिक पाउदा मन प्रफुल्लित हुनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ति पाउने योग रहेकोछ । बैक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित पेशा व्यवसायबाट भनेजस्तो लाभ लिन सकिनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) माया प्रेममा अविश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाव बढ्नेछ । समाजसेवामा नाम कमाउन अली बढी नै संघर्ष गर्नु पर्नेछ । आफन्त तथा ईष्ट मित्रसँग टाडिएर लामो यात्रा गर्नुपर्दा मनमा बेचैन बढ्नेछ । र, पनि कृषि तथा पशुपालन व्यावसायमा समय लगानी गर्नेहरुले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । लामो दुरीको शैक्षिक वा धार्मिक यात्राको प्रशस्त सम्भावना रहेकोछ ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) उद्योग, शेयर बजार तथा व्यापारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । आर्थिक क्षेत्रमा फड्को मार्न सकिने तथा आर्थिक अवस्था सुधार्न चालिने कदमबाट सकारात्मक नतिजा आउनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिने हुँदा दाजुभाई तथा आफन्तहरु खुशी हुनेछन् । विवाद तथा न्यायिक निर्णयहरु तपाईंकै पक्षमा आउने हुनाले मन प्रशन्न रहनेछ । प्रेममा नजिक हुने समय रहेकोछ ।
कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पों) पारिवारिक सभा समारोहका सहभागी भई मिठो मसिलो भोजन ग्रहण गर्न अवसर प्राप्त हुनेछ । कलाकारिता तथा फिल्मी क्षेत्रमा समय लगानी गर्नेहरुको नाम तथा दाम दुबै कमाउने ग्रहयोग रहेकोछ । कुटुम्बको सहयोगले राम्रा काम गर्न सकिनेछ । असजिलो परिस्थितिलाई बुद्धिमता पूर्वक सहजतामा ढाल्न सकिनेछ । माया प्रेमको गाठो कसिलो हुनेछ भने जीवन साथीको सहयोगले उत्पादन मुलक काम गर्न सकिनेछ ।
तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) राजनीति तथा कल्याणकारी कामबाट समाजबाट नाम तथा दाम कमाउन सकिनेछ । व्यापार व्यवसायबाट भनेजस्तो आम्दानी हुने हुँदा आर्थिक अवस्था सुदृड हुनेछ । पढाइ लेखाइमा अरुभन्दा एक कदम अगाडि बढेर नतिजा हात पार्न सकिनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिनेछ भने जीवन साथीको हयोगले राम्रा काम गर्न सकिनेछ । सुन्दर पहिरनमा सजिएर अरुको मन आफुतिर लोभ्याउन सकिनेछ ।
बृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यि,यु) सामान्य स्वास्थ्य सम्बन्धी समस्याबाट दिन गुज्रिनेछ भने काम गर्ने जोस जागरमा कमी आउनेछ । अरुको भरपर्दा काम नबन्ने तथा चिताएको काममा बिलम्ब हुनेछ । समयले गलत मार्गमा डोर्याउनाले व्यवहार बिग्रनेछ । अग्रज तथा आफन्तबाट भनेजस्तो सहयोग नपाइनाले काम वा अध्ययनमा बाधा हुनेछ । र, पनि काम वा अध्ययनको शिलशिलामा लामो दुरीको यात्राको तय हुनेछ ।
धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भे) पछिसम्म फाइदा हुने व्यापार व्यवसायमा लगानी गरी आम्दानी सुनिश्चित गर्न सकिनेछ । आर्थिक अभावले रोकिएका कामहरु तीब्र गतिमा सञ्चालन हुनेछन् । स्रोत साधनको प्रयोग गरी अग्रगामी छलाङ मार्न सकिनेछ । बैक तथा वित्तीय पेशासँग सम्बन्धित कामहरुबाट आम्दानी बढाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथीसँग थप आत्मिय भाव बढ्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) नोकरी तथा जागिरमा आफ्नै कमजोरीले समस्या आउनेछ । कार्यक्षेत्रमा काम बिग्रने हुँदा आलोचना गर्नेहरु सक्रिय हुनेछन् । व्यापार व्यवसाय खस्केर जाने हुनाले आर्थिक अवस्था बिग्रनेछ । राजनीति तथा समाजसेवामा जनताको पक्षमा काम गर्न नसक्दा ईज्जत प्रतिष्ठामा कमी हुनेछ । बुवा वा बुवा सरहका मानिससँग विवाद हुनेछ भने सरकारी सेवामा रहेर काम गर्नेहरुले विशेष ध्यान दिनुहोला ।
कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,दा) व्यवसाय कै सन्दर्भमा लामो दुरीको व्यवसायिक यात्रा हुनेछ । यात्रा तथा पर्यटकीय व्यववसाय फस्टाएर जानेछ । धार्मिक तथा शैक्षिक क्षेत्रमा सहभागी भई उत्कृष्ट नतिजा हात लगाउन सकिनेछ । प्रेम प्रसंगमा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ । समयले साथ दिने हुनाले सानो प्रयत्नले राम्रा काम हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्र स्वस्फुर्त रुपमा अगाडि बढ्नेछ ।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) मनोबल कमजोर हुने हुनाले काम गर्न जोस जागर हराएर जानेछ । पढाइ लेखाइ तपाईं आफ्नै कारणले बिग्रने हुँदा अरुभन्दा पछि परिनेछ । प्रेम प्रशङग टाडै रहनुहोला प्रिय पात्रसँग मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । विधिविधान तथा कानून संवत काम गर्नुहोला दण्ड तथा जरिवाना हुने ग्रहयोग रहेकोछ । कामहरु समयमा नसकिने तथा अरुबाट बाधा व्यवधान हुने हुनाले मानशिक तनाव बढ्नेछ ।
तपाईंको दिन शुभ रहोस्,
-ज्योतिषी दुर्गा प्रसाद भण्डारी