राष्ट्रपति ट्रम्पलाई रास्वपाले दियो शुभकामना
मङ्गलबार, ०८ माघ २०८१, २२ : ३१

काठमाडोँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संयुक्त राज्य अमेरिकाका नवनियुक्त राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई तथा शुभकामना दिएको छ ।
रास्वपाले आज काठमाडौँस्थित अमेरिकी दूतावासमार्फत् अमेरिकाको ४७औँ राष्ट्रपतिका रूपमा कार्यभार ग्रहण गरेका ट्रम्पलाई बधाईसहित सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको पार्टीका कार्यबाहक प्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् ।
पार्टीले आज इमेलमार्फत् प्रेषित सन्देशमा अमेरिकामा ट्रम्पको ऐतिहासिक पुनःबहालीले अमेरिकी इतिहासमा उनको नेतृत्वको नयाँ अध्यायको थालनी भएको उल्लेख गरेको छ । “सन्देशमा नेपाल र अमेरिकाबीचको सम्बन्ध आपसी सम्मानमा आधारित रहेको र नेपालको लोकतान्त्रिक विकासका लक्ष्यहरू हासिल गर्न अमेरिका सदैव सहयोगी रहिआएको समेत उल्लेख छ”, कार्यबाहक प्रवक्ता रावलले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गभर्नर नियुक्तिमा उमेर हद हटाउनेगरी भएको मापदण्ड संशोधनविरुद्ध सर्वोच्चमा रिट
-
युक्रेनको सुमी सहरमा रुसी मिसाइल आक्रमण, २१ जनाको मृत्यु
-
रवि लामिछानेको मुद्दामा सुनुवाइ सकियो
-
नातिनीलाई चप्पल हिर्काउँदा हजुरआमालाई ४ वर्ष जेल सजाय !
-
वर्ष २०८१ को अन्तिम दिन घटेर बन्द भयो सेयर बजार
-
खैरो हेरोइन सहित समातिएका आरोपी ट्याक्सीबाट ओर्लिएर फरार