मधेस प्रदेशका डीआईजीलाई सशस्त्र प्रहरीको सम्मान
मङ्गलबार, ०८ माघ २०८१, २० : ५२
...._46bTXsaFOU.jpg)
काठमाडौँ । मधेस प्रदेश प्रहरी कार्यालयका डीआईजी लालमणी आचार्यलाई सशस्त्र प्रहरी बलले सम्मान गरेको छ । हलचोकस्थित सशस्त्रको मुख्यालयमा मंगलबार आयोजित समारोहमा सशस्त्र प्रहरी प्रमुख राजु अर्यालले आचार्यलाई प्रसंसापत्र प्रदान गरेका हुन् ।
२४ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा आचार्यलाई ‘आईजी एपिएफ कमेन्डेसन’ प्रदान गरिएको सशस्त्र प्रहरीले जनाएको छ । मधेस प्रदेशका जिल्लाहरूमा सीमा सुरक्षा गर्न डीआईजी आचार्यले उत्कृष्ट समन्वय गरेको सशस्त्र प्रहरीको विश्लेषण छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका एसपी कुमोध ढुंगेललाई पनि सशस्त्र प्रहरीले सम्मान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल सुपर लिगमा धनगढीको गोल वर्षा
-
पटाका कारखानामा विस्फोट, एकै परिवारका आठ जनाको मृत्यु
-
राजस्थानमा नाइट्रोजन ग्यास चुहिँदा तीन जनाको मृत्यु, ६० भन्दा बढी अस्पताल भर्ना
-
दीपनगर अर्थात् दीपक बोहराले बसाएको बस्तीमा सन्नाटा
-
५ करोड क्लबमा ‘दुस्मन हेरेको हेर्यै’
-
गण्डकीका खेलकुद विकास समितिमा कांग्रेस र एमालेको भागबण्डा, कुन जिल्ला कसलाई ?