टर्कीको रिसोर्टमा आगलागी हुँदा मृत्यु हुनेको सङ्ख्या ६६ पुग्यो

अंकारा । टर्कीको एउटा स्की रिसोर्टमा आगलागी हुँदा मृत्यु हुनेको सङ्ख्या ६६ जना पुगेको छ । यसमा कम्तीमा ५१ जना घाइते भएका छन् ।
स्थानीय समय अनुसार बिहान ३.२७ बजे बोलुमा रहेको १२ तले ग्राण्ड कार्टेल होटलमा आगलागी भएको एक अधिकारीले बताए । त्यो समयमा २ सय ३४ जना त्यहाँ बसेका थिए ।
बोलु राजधानी अंकाराबाट १७० किलोमिटर उत्तरपश्चिममा अवस्थित छ। टर्कीका स्थानीय सञ्चारमाध्यममा झ्यालबाट हाम फालेर दुई जनाको मृत्यु भएको समाचार छ ।
बोलुका गभर्नर अब्दुलअजिज अयदिनले प्रारम्भिक अनुसन्धानले आगो चौथो तल्लाको भान्छाबाट सुरु भएको र त्यसपछि माथिल्लो तलामा फैलिएको देखाएको बताए।
बोलुको पहाडी भूभाग स्कीइङका लागि लोकप्रिय छ र यस सिजनमा इस्तानबुल र राजधानी अंकाराबाट धेरै मानिसहरू आउँछन्। साथै विद्यालयमा दुई दिन बिदा पनि परेको थियो ।
स्थानीय रिपोर्टका अनुसार अत्यधिक कम तापक्रमका कारण दमकललाई त्यहाँ पुग्न एक घण्टाभन्दा बढी समय लागेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसँग पत्रकार रजकका परिवारको भेट
-
बागमती प्रदेशमा २०८२ मा सार्वजनिक विदा ४ दिन थप
-
मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु चुनाव : ६५.३४ प्रतिशत मात्रै खस्यो
-
राजावादी हर्कतविरुद्ध एमालेको मोटरसाईकल र्याली (तस्बिरहरू)
-
‘नरसिंहा अवतार’ को फस्टलुकसँगै प्रदर्शन मिति घोषणा
-
एनआरएनएहरू मिलेर अघि बढ्नुपर्छ : राजदूत तुम्बाहाङ्फे