बागमती प्रदेश सभामा ३ विधेयक दर्ता
मकवानपुर । बागमती प्रदेशसभामा मंगलबार ३ वटा संशोधन विधेयकहरू दर्ता भएका छन् ।
प्रदेशसभा सचिवालयका प्रवक्ता मनोज कुमार गुप्ताका अनुसार प्रदेशसभाको आगामी अधिवेशनमा पेस हुने गरी प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक, प्रादेशिक व्यापार तथा व्यवसायी सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भएका हुन् ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक यसअघि नै प्रदेशसभामा दर्ताका लागि पेस भएको थियो । तर, संशोधन प्रस्तावका केही प्रावधान अपुग भएको भन्दै सभामुख भुवन कुमार पाठकले उक्त विधेयक दर्ता गरेका थिएनन् । उक्त विधेयकका प्रावधान सच्याउन सभामुख पाठकले फिर्ता गरेका थिए ।
मन्त्रालय खडा गरिएको ४ वर्षपछि ऐन संशोधनको तयारी भए पनि आवश्यक व्यवस्थाहरू विधेयकमा समावेश हुनुपर्ने राजनीतिक नियुक्तिका विषयहरू स्पष्ट नगरी पठाएकाले दर्ता नगराएको उनको भनाई थियो । गत असोज १६ मा मन्त्रिपरिषद्बाट निर्णय गर्दै दर्ताका लागि सचिवालयमा पेस भएको उक्त ४ महिना पछि दर्ता भएको हो ।
प्रतिष्ठानको पदाधिकारी नियुक्तिमा समस्या देखिएपछि प्रदेश सरकारले तत्कालको समस्या हल गर्न ऐन संशोधनको प्रस्ताव दर्ता गर्ने मन्त्रिपरिषद्बाट निर्णय भएको थियो । विशेष गरी ऐनमा भएको पदाधिकारी नियुक्तिका विषयमा केही अस्पष्टता रहेकाले सुधार गर्न दर्ता नगरिएको सभामुख पाठकले सुझाव दिएका थिए । ऐनमा पदाधिकारीको योग्यता, कार्य अवधि लगायतका विषयहरू तोकिए बमोजिम हुने भनिएको र त्यसलाई सुधार गरेर ती विषयहरू ऐनमा नै कायम गर्न सुझाव गरेको सभामुख पाठकको सुझाव थियो । उक्त विषयमा सरकार सकारात्मक रहेकाले सो विषयहरू समावेश भएर आए लगत्तै विधेयक दर्ता गर्ने उनको तयारी भए पनि सरकारले विधेयकका प्रावधानहरू नसच्याई दर्ता गरेको हो ।
प्रदेशसभामा यसअघि प्रदेश खेलकुद परिषद् ऐन संशोधन विधेयक दर्ता गरेको थियो । उक्त विधेयकहरू संसद्को आगामी अधिवेशन बैठकबाट पारित गर्ने गरी अघि बढाउने तयारी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विजरल्याण्डको डाभोसमा कतारी प्रधानमन्त्रीले भने-'गाजामा हामी पीएम देख्न चाहन्छौं'
-
सौगातसँग ब्रेक अप भएपनि उहाँको राम्रो होस्ः अभिनेत्री सृष्टि
-
कालीगण्डकीमा तेह्र करोड १२ लाखमा मोटर चल्ने पुल निर्माण
-
शिवसताक्षीमा फर्मालिन प्रयोग भएका माछा बिक्रीमा प्रतिबन्ध
-
पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, कस्तो रहला देशभरको मौसम ?
-
शीर्ष क्लब लिभरपुल, एटलेटिको मड्रिड, बार्सिलोना र एटलान्टा च्याम्पियन्स लिगको अन्तिम १६ मा