प्रहरी र सशस्त्रमा एआईजीको पदावधि ३ वर्ष राख्न प्रस्ताव

काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको नयाँ ऐनको विधेयक संघीय संसदमा पेस गर्ने अवस्थामा पुगेको छ । माघ १८ मा संसद् सुरु हुनुअघि नै प्रहरी र सशस्त्र प्रहरीको ऐनसम्बन्धी विधेयक दर्ता गर्नेगरी काम भइरहेको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
ऐनको मस्यौदा बनाउँदा गृह मन्त्रालयका अधिकारीहरूले लामो समय छलफल गर्दा पनि नटुङ्गिएको अतिरिक्त महानिरीक्षकको कार्यकाल मन्त्रिपरिषद्ले टुंगो लगाएको छ । दुवै संगठनमा अतिरिक्त महानिरीक्षक (एआईजी)को पदावधि ३ वर्ष हुनेगरी विधेयक मन्त्रिपरिषद्बाट पारित भएको हो ।
पुस २६ मा बसेको मन्त्रिपरिषद्ले दुवै संगठनको ऐनको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिएको थियो । मन्त्रिपरिषद्ले आईजीपीको पदावधि पनि ३ वर्ष कायम हुनेगरी विधेयक स्वीकृत गरेको छ ।
संसदमा पेस गर्नेगरी पारित विधेयकमा आईजीपीको उमेरहद ६० वर्ष, एआईजीको ५९ वर्ष, एसएसपी र एसपीको ५८ वर्ष, जुनियर प्रहरी अधिकृतहरूको ५४ वर्ष, डीएसपी र इन्स्पेक्टरको ५७ वर्ष कायम गर्नुपर्ने उल्लेख छ । प्रहरी वरिष्ठ उपरीक्षकको पदावधि ८ वर्ष र उपरीक्षकहरूको पदावधि १० वर्ष राख्नुपर्ने प्रस्ताव गरिएको छ ।
नेपाल प्रहरीमा स्टाफ कलेज लागु गर्ने विषय पनि विधेयकमा व्यवस्था गरिएको छ । त्यस्तै प्रहरी कर्मचारीहरूलाई विवाह बिदा दिने विषय पनि विधेयकमा उल्लेख गरिएको छ । विवाह बिदा कत्ति पाउने भन्नेबारे ऐन जारी भएपछि नियमावलीमा व्यवस्था गरिने गृह मन्त्रालयका अधिकृतहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदर्शनलाई शान्तिपूर्ण बनाउन राजावादी र समाजवादी मोर्चालाई आग्रह
-
साताको अन्तिम कारोबार : सेयर बजारमा हरियाली, कारोबार रकम ५ अर्ब
-
कुलमानपछि सर्वोच्चमा हितेन्द्रदेवको रिट पनि दर्ता
-
अपाङ्गमैत्री पुल निर्माण र सडक बत्ती जडान महानगरको प्राथमिकता : मेयर महर्जन
-
राजावादीको पत्रकार सम्मेलनअघि दुर्गा प्रसाईंले भेटे ज्ञानेन्द्र शाह
-
यातायात व्यवस्था विभागले भन्यो - लाइसेन्स छापिएको सूचना आएपछि मात्र लिन जानू