श्रममन्त्रीसँग कोरियाका विदेशमन्त्रीका विशेष दूतको भेटवार्ता

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग दक्षिण कोरियाका विशेष दूत ली लियोङ्क्यूले शिष्टाचार भेटवार्ता गरेका छन् । कोरियाका विदेशमन्त्रीका विशेष दूत बनेर नेपाल भ्रमणमा आएका लियोङ्क्यू र मन्त्री भण्डारीबिच कोरियामा रहेका नेपाली श्रमिक र अन्य विविध विषयमा छलफल भएको थियो ।
विशेष दूतले नेपाली श्रमिकहरूले दक्षिण कोरियामा राम्रो काम गरेको र कोरियाको अर्थतन्त्रमा ठुलो योगदान पुर्याएकोमा उच्च प्रशंसा गरेका थिए । आगामी दिनमा समेत ईपीएस प्रणालीमार्फत नेपाली कामदारलाई कोरिया लैजाने र सीपयुक्त कामदारलाई अवसर दिने सम्बन्धमा समेत दक्षिण कोरिया सकारात्मक रहेको बताएका थिए ।
मन्त्री भण्डारीले वैदेशिक रोजगारीका लागि नेपालीहरूको उत्कृष्ट गन्तव्य मुलुक रूपमा रहेको बताए । रोजगारीका अवसरहरूमा नेपाली कामदारलाई उच्च प्राथमिकता दिनुका साथै सीपयुक्त जनशक्ति निर्माण गर्ने कार्यमा समेत सहकार्य गर्न अनुरोध गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोह्र वर्षपछि अछाम दरबारको निर्माण कार्य सम्पन्न
-
बल्ल पर्यो पानी, किसानलाई राहत
-
अपडेट : हृदयाघात भएका पूर्वयुवराज पारस शाहको नर्भिकको आइसीयुमा उपचार हुँदै
-
त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरूमा स्ववियु निर्वाचनको लागि संगठन दर्ता
-
समुद्रमा नेपाली झन्डासहित पानीजहाज चलाउने बाटो खुल्दै
-
केपी ओली कप फुटबल : मछिन्द्रको ह्याट्रिक, त्रिभुवन आर्मी क्लब पराजित