प्रदेश खारेज नगरे देश अझै समस्यामा पर्नेछ : चित्रबहादुर केसी

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रदेश खारेज नगरे देश अझै आर्थिक संकटमा फस्ने बताएका छन् । उनले प्रदेशको अनावश्यक खर्च कटौती गरेर शिक्षा र स्वास्थमा राज्यले लगानी गर्नु पर्ने बताएका हुन् ।
देशलाई बचाउने हो भने प्रदेश खारेज गर्नु पर्ने बताउँदै प्रदेश सरकारमा धेरै विकृति तथा बेथिति देखिएको जिकिर गरे । मंगलबार बुटवलमा ’संघीयताविरुद्ध राजधानी केन्द्रित आन्दोलन’ को घोषणा कार्यक्रममा बोल्दै केसीले मुलुक संघीयता कै कारण दयनीय अवस्थामा पुगेको बताए ।
उनले संघीयता स्वीकार गर्ने ठुला दलहरू पनि यसबाट पार लाग्दैन भन्नेमा पुगिसके पनि बाहिर बोल्न मात्रै नसकेको बताए । राजनीति गर्ने भनेको कमाउन हो भन्ने भाष्य सृजना भएकाले दलहरूप्रति जनताको दृष्टिकोण राम्रो नरहेको उनले विश्लेषण सुनाए । यस्तै, अध्यक्ष केसीले रवि लामिछाने पटक पटक गृहमन्त्री बन्न खोज्नुको कारण सहकारी काण्डबाट बच्न रहेछ भन्ने अहिले आएर पुष्टि भएको बताए ।
राष्ट्रिय जनमोर्चा रुपन्देहीले चैत्र २४ गतेदेखि ३० गतेसम्म गर्ने संघीयता विरुद्ध काठमाडौँ केन्द्रित आन्दोलनलाई सफल बनाउन विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै जनमोर्चाका रुपन्देही अध्यक्ष टानबहादुर केसीले मंसिर महिना भरी जिल्लादेखि टोलसम्मका बैठक तथा भेलाहरू गर्ने कार्यक्रम तय भएको जानकारी दिए । यस्तै उक्त आन्दोलनलाई सफल बनाउनका लागि जिल्लाव्यापी पर्चा वितरण, भेटघाट, भित्ते लेखन गर्नुका साथै माघ १० गतेदेखि १२ गतेसम्म जिल्लाव्यापी घुम्ती कोणसभा गर्ने कार्यक्रम तय भएको बताए ।
यस्तै फागुन ३ गते बुटवलदेखि सुनौलीसम्म मोटरसाइकल र्यालीको आयोजन गर्ने कार्यक्रम तय भएको अध्यक्ष उनले बताए । साथै यही माघ ५ गते बुटवलमा विभिन्न प्रबुद्ध व्यक्ति, राजनीतिक पार्टी तथा संघ संस्थाका प्रतिनिधिहरूसँग अन्तरक्रिया सम्पन्न गरिसकेको अध्यक्ष केसीले बताए ।
आन्दोलनको पक्षमा वातावरण बनाउनका लागि पुस २१ गतेदेखि फागुन १० गतेसम्म सङ्गठनात्मक अभियानलाई तीव्रता दिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्सामा अनलाइन जुवा खेलाउने एक जना भारतीय पक्राउ, अदालतबाट ५ दिनको म्याद थप
-
१२ बजे, १२ समाचार : ज्ञानेन्द्रको अभिव्यक्तिले संसदमा तरंगदेखि उर्जामन्त्रीको विरोध गर्ने कर्मचारीलाई हटाउन मन्त्रालयको ताकेतासम्म
-
१२ जना इन्स्पेक्टरको काज, पुल्चोकमा गम्भीरजंग थापा
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस–एमालेको प्रतिवाद
-
सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला, डीआईजीको नेतृत्वमा छानबिन समिति
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना