बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
निर्वाचन

अखिल क्रान्तिकारीको निर्वाचनमा पार्टी तटस्थ बस्ने, नेतृत्व छनोटमा संगठन स्वतन्त्र

मङ्गलबार, ०८ माघ २०८१, १८ : २२
मङ्गलबार, ०८ माघ २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्र विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा तटस्थ बस्ने भएको छ ।  

क्रान्तिकारीको निर्वाचनबारे छलफल गर्न मंगलबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले निर्वाचन प्रक्रियाबाट जान स्वतन्त्र छोडेको सचिव दीनानाथ शर्माले रातोपाटीलाई जानकारी दिए । शर्माका अनुसार विद्यार्थीबाहेक अन्य विषयमा छलफल नभएको स्पष्ट पारे । 

‘विद्यार्थीको नेतृत्व छनोटका लागि निर्वाचन प्रक्रियामा गइसक्यो यसमा पार्टीले हस्तक्षेप गर्ने भन्ने हुँदैन । जुन व्यक्तिलाई जुन पदमा उम्मेदवारी दिन मन लाग्छ फ्याक्सन इन्चार्जको समन्वयमा गरेर जान सकिने सुझाव दिएको छ । सबै प्रदेशमा निर्वाचन हुने हुँदा प्यानल बनाएर जाने कुरा पनि हुँदैन । सकभर सहमतिमै नेतृत्व चयन हुने वा निर्वाचन प्रक्रियामा गएपनि पदाधिकारीमा मिलाएर जाँदा हुन्छ भनेर पार्टीले सुझाव दिने कुरा भयो । अब विद्यार्थीहरूको स्वविवेकको कुरा हो’, उनले भने । 

विधानमा देखिएका अस्पष्टता हटाउने, मतपत्र कसरी छाप्ने, ढुवानी कसरी गर्ने भन्ने विषयमा छलफल भएको शर्माले दाबी गरे । बैठक बस्नुअघि विद्यार्थी नेताहरूसँग प्रचण्डले छलफल गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप