हत्या गरिएको अवस्थामा युवकको शव भेटियो
मङ्गलबार, ०८ माघ २०८१, १६ : ५८

महोत्तरी । सोनमा गाउँपालिका–२ का २९ वर्षीय नरेन्द्र यादवको गम्छाले घाँटी थिचेर हत्या गरिएको अवस्थामा आज शव भेटिएको छ ।
तत्कालीन सोनमा गाविसका पूर्वअध्यक्ष गोखुलप्रसाद यादवका छोरा नरेन्द्रको सम्सी गाउँपालिका–१ स्थित गहुँ खेतमा गम्छाले घाँटी थिचेर हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरीका प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिए ।
प्रहरी उपरीक्षक पोखरेलकै नेतृत्वको टोली घटनास्थल पुगी सर्जमिन मुचुल्का गर्नुका साथै शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर ल्याउने तयारी गरेको छ । घटनाबारे अनुसन्धान भइरहेकाले विस्तृत विवरण पछि दिइने प्रहरी उपरीक्षक पोखरेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विसं २०८१ : स्वदेशी ६२, विदेशी ८४ चलचित्र प्रदर्शन, कति भयो कारोबार ?
-
किसानलाई पचास प्रतिशत अनुदानमा कृषि उपकरण
-
मुस्ताङको घरपझोङमा स्वास्थ्य शिविर, तीन सय ५३ जना लाभान्वित
-
कैलालीमा नदीमा डुबेर १३ वर्षीय बालकको मृत्यु
-
कतारलाई हराउँदै कुवेतको नेपालसँग अंक बराबर
-
शीर्ष स्थानमा रहेको गुजरातलाई लखनउको चुनौती