सूचनाले लोकतन्त्रलाई बलियो बनाउँछः मन्त्री लामिछाने

हेटौँडा । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले निष्पक्ष र पारदर्शी सूचनाले लोकतन्त्रलाई बलियो बनाउने बताएका छन् । लोकतन्त्रको बलियो आधार पारदर्शी र सुशासन रहेकाले उक्त विषयमा सूचनाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उनले बताए ।
मंगलबार हेटौंडामा आयोजित सूचनाको हक प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लामिछानेले सूचनाले अक्सिजनको रूपमा काम गर्ने बताए । समाज परिवर्तनमा सूचना प्रविधिको महत्त्वपूर्ण भूमिका रहेको उनले बताए । सूचना लुकाउनु वा सूचना प्रवाहमा रोक लगाउनु निरङ्कुशता भएको बताए ।
सूचनाले सत्यको नजिक पुर्याउने र त्यसले कार्य सम्पादनमा योजना निर्माणमा मार्ग दर्शन गर्ने उनको भनाई छ । पछिल्लो समय सूचनाको दुरुपयोग गर्ने प्रवृत्ति बढेको मन्त्री लामिछानेले बताए । नागरिकको प्रत्यक्ष सरोकारका विषय जोडिएको सूचनालाई प्रवाह गरी सुसूचित गर्नुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्यप्रसादलाई ‘डुबाउने’ मापदण्डको व्यवस्था अर्थमन्त्रालयद्वारा खारेज
-
तीनकुने घटना : अनर्गल फोटो र भिडियो प्रकाशन नगर्न प्रहरीको आग्रह
-
रविको आक्रोश– भिजिविलिटी गुमाइसकेको सरकार कुन नैतिकताका आधारमा बसेको छ ?
-
मकवानपुरमा अफिम कारोबारीले लुटे प्रहरीको पेस्तोल
-
१० बजे १० समाचार : तीनकुने घटनामा पूर्वराजा जिम्मेवार : ओली, पार्टी राजनीतिमा फर्किए रवि
-
राजसंस्था, राजनीतिक दल र जनता एकैठाउँमा अटाउने मिलनबिन्दु पहिल्याउनुपर्छ : पूर्वप्रधानमन्त्री चन्द