प्रधानमन्त्री कप महिला क्रिकेटको ‘सुपर–४’ समीकरण पुरा
काठमाडौँ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको ‘सुपर–४’ समीकरण पुरा भएको छ । मंगलबार सम्पन्न बागमती प्रदेश र मधेस प्रदेशबिचको खेलसँगै समूहगत चरण सकिएको हो ।
उक्त खेलमा बागमती प्रदेशले मधेस प्रदेशलाई सात विकेटले हरायो । टस हारी ब्याटिङको निम्तो पाएको मधेस प्रदेशले १५.५ ओभरमा अलआउट हुनुअघि ४० रनमात्र बनाउन सक्यो । जवाफमा बागमती प्रदेशले ६.४ ओभरमै केवल तीन विकेट गुमाएर ४४ रन बनाउँदै विजयलक्ष्य पार गर्यो ।
समूह ‘ए’ बाट एपीएफ क्लब सात अंकसहित पहिलो र सुदूरपश्चिम प्रदेश ६ अंकसहित दोस्रो हुँदै ‘सुपर–४’ चरणमा पुग्न सफल भए । पाँच अंकसहित तेस्रो भएको लुम्बिनी प्रदेश, एक अंकसहित चौथो भएको गण्डकी प्रदेश र एक अंकसहित पाँचौँ भएको कर्णाली प्रदेश भने उपाधि होडबाट बाहिरिए ।
यसैगरी, समूह ‘बी’ को समीकरण भने निकै रोचक रह्यो । तीनवटा टोलीले चार–चार अंक हात पारे । तर, नेट रन रेटका आधारमा त्रिभुवन आर्मी क्लब पहिलो र बागमती प्रदेश दोस्रो हुँदै ‘सुपर–४’ चरणमा प्रवेश गरे ।
समान चार अंक बटुले पनि कोशी प्रदेश नेट रन रेटमा पछि परेका कारण तेस्रो बन्यो । बागमती प्रदेशको नेट रन रेट १.५९३ र कोशी प्रदेशको नेट रन रेट १.२६१ रह्यो । तीनवटै खेलमा पराजित भएको मधेस प्रदेश तालिकामा चौथो भयो ।
प्रतियोगिताको ‘सुपर–४’ चरणमा बिहीबार एपीएफ क्लबले बागमती प्रदेशको र सुदूरपश्चिम प्रदेशले आर्मी क्लबको सामना गर्नेछन् । ‘सुपर–४’ चरणमै शुक्रबार एपीएफ क्लब र आर्मी क्लब तथा सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशबिच खेल हुनेछ ।
त्यसपछि अंक तालिकाको सबैभन्दा माथि रहने दुई टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल शनिबार खेलाइने छ । प्रतियोगिता अन्तर्गत बुधबार कोशी प्रदेश र मधेस प्रदेशबिच प्लेअफ चरणको खेल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट आउने सामानमा अतिरिक्त महसुल लगाउँदै ट्रम्प
-
प्रादेशिक अस्पताल गौरमा पहिलो पटक आङ खस्ने रोगको अपरेसन
-
सिरहाबाट नलकटुवा पेस्तोलसहित दुई जना पक्राउ
-
भारत र अमेरिकाका विदेशमन्त्रीहरूको भेटवार्तामा के भयो कुराकानी ?
-
नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’
-
टर्कीको रिसोर्टमा आगलागी, मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो