कसले पाउला आरसीबी, केकेआर र दिल्ली क्यापिटल्सको कप्तानको जिम्मेवारी ?
काठमाडौँ । विश्व चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल)को आगामी संस्करण मार्च २१ देखि मे २५ तारिखसम्म आयोजना हुँदैछ । प्रतियोगिताका लागि मेगा अक्सन (खेलाडी खरिद–बिक्री प्रक्रिया) पनि पुरा भइसकेको छ ।
तर, आईपीएलमा सहभागी १० मध्ये तीनवटा टोलीले अझै आफ्नो कप्तानको टुङ्गो लगाउन सकेका छैनन् । लखनउ सुपर जायन्ट्स कप्तानको टुङ्गो लगाउने अन्तिम टोली बनेको छ । लखनउले ऋषभ पन्तलाई कप्तानको जिम्मेवारी दिएको हो ।
योसँगै सातवटा टोलीको कप्तानको टुङ्गो लागेको हो । ऋषभ लखनउको कप्तान बन्ने केवल दोस्रो खेलाडी हुन् । यसअघि, आईपीएलमा लखनउको कप्तानको जिम्मेवारी केएल राहुलले निर्वाह गर्दै आएका थिए ।
आगामी संस्करणमा भने केएल राहुल दिल्ली क्यापिटल्समा आबद्ध भएका छन् । तर, दिल्लीमा उनले हालसम्म कप्तानको जिम्मेवारी पाएका छैनन् । ऋषभलाई लखनउले मेगा अक्सनमा २७ करोड भारतीय रुपैयाँमा खरिद गरेको हो ।
आगामी आईपीएलमा पञ्जाब किङ्सको कप्तानको भूमिकामा भने श्रेयस ऐयर देखा पर्नेछन् । श्रेयषलाई पञ्जाबले मेगा अक्सनमा २६ करोड ७५ लाख भारतीय रुपैयाँमा खरिद गरेको हो । मुम्बई इन्डियन्सको कप्तानको जिम्मेवारी भने हार्दिक पाण्ड्याले पाएका छन् ।
युवा ब्याट्सम्यान शुभमन गिल गुजरात टाइटन्सको कप्तानको भूमिकामा देखा पर्नेछन् । चेन्नई सुपर किङ्सको कप्तान ऋतुराज गायकवाड हुन् । ऋतुराजको कप्तानीमा चेन्नईले आईपीएलको अघिल्लो संस्करणमा औसत प्रदर्शन गरेको थियो । अघिल्लो सिजन चेन्नई अंक तालिकामा पाँचौँ भएको थियो ।
यसैगरी, सन्जु सामसन राजस्थान रोयल्सका कप्तान हुन् । उनी सन् २०२१ देखि नै राजस्थान रोयल्सको कप्तानको भूमिकामा सक्रिय छन् । उनकै कप्तानीमा राजस्थान अघिल्लो सिजन प्ले अफ चरणमा प्रवेश गरेको थियो ।
यसका अतिरिक्त, सनराइजर्स हैदराबादले आगामी सिजनको आईपीएलका लागि पनि प्याट कमिन्सलाई नै कप्तानको जिम्मेवारी दिएको छ । उनकै कप्तानीमा सनराइजर्स हैदराबाद अघिल्लो सिजन फाइनलसम्म पुगेको थियो ।
तर, रोयल च्यालेन्जर्स बेंगलुरु, कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्स भने हालसम्म पनि कप्तानकै खोजीमा छन् । रोयल च्यालेन्जर्स बेंगलुरुले प्रभावशाली ब्याट्सम्यान विराट कोहलीलाई कप्तान बनाउने अनुमान गरिएको छ ।
अर्कोतिर, दिल्ली क्यापिटल्सले भने अक्षर पटेललाई कप्तान बनाउन सक्ने सम्भावना छ । दिल्ली क्यापिटल्सका पदाधिकारीहरुले पनि यस्तो संकेत गर्दै आएका छन् । तर, यसको आधिकारी घोषणा हालसम्म भएको छैन ।
कोलकाता नाइट राइडर्सले भने अजिनक्या रहाणेलाई कप्तान बनाउने सम्भावना रहेको सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि, हालसम्म यसको आधिकारिक पुष्टि हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
तीनबुँदे सहमति गरेर कांग्रेसले खोल्यो पोखरा महानगरमा लगाएको ताला
-
पश्चिमी किनारमा इजरायलको सैन्य कारबाहीमा नौ प्यालेस्टिनीको मृत्यु
-
भारत–पाकिस्तान जर्सी विवादमा आईसीसीको चेतावनी
-
‘ट्रम्पको धम्कीसामु क्यानडा झुक्ने छैन’
-
जनमोर्चाले सङ्घीयताविरुद्ध आन्दोलन गर्ने