रास्वपा सभापति लामिछाने रुपन्देही आउँदै
मङ्गलबार, ०८ माघ २०८१, १६ : ०५
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने रुपन्देही आउँदै छन् । बुटवलको सुप्रिम सहकारीको रकम अपचलनको मुद्दा दायर भएपछि बयानका लागि उनी मंगलबार यहाँ आउन लागेका हुन् ।
रास्वपा लुम्बिनी प्रदेश उपाध्यक्ष शालिकराम घिमिरेले मंगलबार भैरहवा आउने र बुधबार अदालतमा जाने जानकारी दिए । उनले भने, ‘हामी उहाँको स्वागतका लागि विमानस्थलमा छौँ । उहाँ आज बाहिर बस्नु हुन्छ र भोलि अदालत जानुहुन्छ ।’
बुटवलमा सहकारी ठगीको विषयमा प्रहरीले पूरक अनुसन्धान गरेर मुद्दामा चलाउने राय लिएपछि रुपन्देही जिल्ला अदालतमा लामिछानेविरुद्ध मुद्दा दर्ता भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेश संसद्मा ३ विधेयक दर्ता
-
प्रहरी र सशस्त्रमा एआईजीको पदावधि ३ वर्ष राख्न प्रस्ताव
-
श्रममन्त्रीसँग कोरियाका विदेशमन्त्रीका विशेष दूतको भेटवार्ता
-
‘फास्ट ट्र्याक’ मार्फत विधेयक अघि बढाउने तयारी
-
कोशी प्रदेशभित्रका सबै सरकारी अस्पतालको ओपीडी अब दुई सिफ्टमा सञ्चालन हुने
-
फिल्म ‘ममी’को ट्रेलर सार्वजनिक