सयभन्दा बढी उजुरी अध्ययनका लागि ७ सदस्यीय उपसमिति गठन
मङ्गलबार, ०८ माघ २०८१, १५ : ३४

काठमाडौँ । लेखा समितिले उजुरी अध्ययनका लागि उपसमिति गठन गरेको छ ।
समितिले कांग्रेस सांसद सञ्जय गौतमको नेतृत्वमा सात सदस्यीय उपसमितिको उजुरी अध्ययन समिति गठन गरिएको हो । मंगलवार बसेको सार्वजनिक लेखा समितिले समिति बैठकले सात सदस्यीय उपसमिति गठन गरेको समिति सभापति ऋषिकेश पोखरेलले बताए ।
उनले सञ्जय गौतमको नेतृत्वमा बनेको उपसमितिमा सांसदहरू गोकुल बास्कोटा, लेखनाथ दाहाल, हरि ढकाल, मञ्जु खाण, प्रेम आले र अमरेशकुमार सिंह सदस्य रहेको बताए ।
लेखा समितिमा एक सयभन्दा बढी उजुरी परेका छन् । सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य वृद्धिबारे छलफल गर्न उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई बोलाउने निर्णय पनि गरेको छ। मन्त्री भण्डारी र सचिव समेतलाई छलफलका लागि बुधवार बिहान ११ बजेको समय निर्धारण गरिएको छ ।