नेपाल बार एसोसिएसनले ल एसिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलनको आयोजना गर्ने
_gR6SH7oXcY.jpg)
काठमाडौँ । नेपाल बार एसोसिएसनले ५औँ ल एसिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलनको आयोजना गर्ने भएको छ । बार एसोसिएसनले मंगलबार पत्रकार सम्मेलन गर्दै आउँदो फागुन ३ देखि ५ गतेसम्म दुई दिन सम्मेलनको आयोजना गर्ने जानकारी दिएको हो ।
सम्मेलनको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । मानव अधिकारको सहनशीलताःप्राविधिक, वातावरणीय र सामाजिक चुनौतीहरूको सामना भन्ने विषयवस्तुका मुद्दाहरूलाई सम्मेलनमा सम्बोधन गरिने नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिए । नेपालमा पहिलो पटक सम्मेलनको आयोजना गर्न पाउँदा गर्व महसुस भएको अध्यक्ष घिमिरेले बताए ।
विश्वभरका न्यायपालिका, कानुन व्यवसायी, मानवअधिकारकर्मीहरूको सहभागितामा नेपालमा हुने यस सम्मेलनले नेपालको मानवअधिकार संरक्षण र प्रवर्द्धनमा योगदान पुग्ने उनले विश्वास व्यक्त गरे ।
सम्मेलनमा ल एसियाका सदस्य गैरसदस्यगरी २० भन्दाबढी राष्ट्रका १५० सयभन्दा बढी प्रतिनिधिहरूले सहभागिता जनाउने छन् । सम्मेलनमा मानव अधिकार, आदिवासी जनजाति, समुदायका अधिकारहरू गरी १२ वटा विषयगत सत्रमा छलफल हुने बार एसोसिएसनले जनाएको छ । ल एसियाले कानुनी पेसाको हक हितका लागि आवाज मुखरित गर्ने संस्थाको रूपमा विगत ५० वर्षदेखि काम गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा
-
गर्मी छल्न लेकमा सार्न थालियो पशुगोठ
-
जागरण अभियानले जनतामा आशा जागेको छ : प्रचण्ड
-
कोलकाताले दियो २ सय ५ रनको लक्ष्य, अन्त्य होला दिल्लीमा जितको ८ वर्षको पर्खाइ ?
-
कजरिया टायल्सलाई दुई लाख ८५ हजार जरिवाना, कारोबार पनि रोक्का
-
भारतमा पाकिस्तानी कलाकारहरूमाथि प्रतिबन्ध लगाइएकोमा जावेद अख्तरले के भने ?