आजीवन कैदको व्यवस्था कानुनमा राख्न हुँदैन : महान्यायाधिवक्ता बडाल

काठमाडौँ । महान्यायाधिवक्ता रमेश बडालले आजीवन कैदको व्यवस्था कानुनमा राख्न नहुने धारणा राखेका छन् । मंगलबार संघीय संसद्को कानुन समितिमा बोल्दै उनले यो कानुनी व्यवस्था परिवर्तन हुनुपर्ने तर्क गरेका हुन् ।
कुनै एक कैदीलाई जन्मभर कैदमा राख्दा कारागारभित्र थ्रेट महसुस भएको उनले बताए ।
उनले भने,‘आजीवन कारावासले समस्या भइरहेको छ । जन्मभर कैद हुने पछि अनुशासनमा बस्न नपर्ने मानसिकता विकास भई आन्तरिक अनुशासनमा थ्रेट महसुस हुन थालेको छ ।’
महान्यायाधिवक्ता बडालले यस्ता मुद्दामा छुट पनि नहुने भएकाले समस्या देखिएको बताए । ‘अब म कहिल्यै पनि वा नमरेसम्म बाहिर निस्कन्न भन्ने भएपछि मानसिकता नै फरक हुने अध्ययनमा देखियो,’ उनले भने, ‘म कुनै दिन राम्रो र असल चाल चलन देखार छुट पाएर निस्कन्छु भन्ने भएमा फरक व्यवहार हुने देखियो । उनले आजीवन कैदमा ३० वर्ष कैदको व्यवस्था गर्न उपयुक्त हुने सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवराज विक हत्या प्रकरण : २३ जनाको जन्मकैद सदर, दुई जनालाई सफाइ
-
६ एआईजीको पदस्थापन, सीआईबीमा चन्द्रकुवेर खापुङ
-
ट्रेलरमा यस्तो देखियो चलचित्र ‘ऊनको स्वीटर’
-
आन्दोलन र वार्ता सँगसँगै अघि बढाउने शिक्षक महासंघको निर्णय
-
डिजिटल बोर्डहरू ह्याक हुनबाट जोगिन के गर्ने ?
-
एलओडीलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने योजना छ – निर्देशक कुँवर