सजिलो जितसँगै भारत शीर्ष स्थानमा, आयोजक मलेसियाको अर्को बिर्सनलायक प्रदर्शन

काठमाडौँ । मलेसियामा जारी आईसीसी महिला यू–१९ टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा भारतले लगातार दोस्रो जित हासिल गरेको छ । भारतले मंगलबार सम्पन्न आफ्नो दोस्रो खेलमा आयोजक मलेसियालाई १० विकेटको फराकिलो अन्तरले हराएको हो ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले १४.३ ओभरमा अलआउट हुनुअघि ३१ रनमात्र बनाउन सक्यो । जवाफी ब्याटिङमा ओर्लिएको भारतले २.५ ओभरमै कुनै पनि विकेट नगुमाई विजयलक्ष्य पुरा गर्यो ।
भारतको जितमा ओपनर तृषा गोनगादीले अविजित २७ रनको योगदान गरिन् । उनले केवल १२ बलको सामना गरी पाँच चौका पनि हिर्काइन् । अर्की ओपनर कमलिनीले पनि पाँच बलमा एक चौकाको मद्दतले अविजित चार रन बनाइन् ।
त्यसअघि, आयोजक राष्ट्र मलेसियाका ब्याटरहरुले अत्यन्तै निराशाजनक प्रदर्शन गरेका थिए । मलेसियाका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । आफ्ना कुनै पनि ब्याटरले बनाएभन्दा बढी रन त मलेसियाले अतिरिक्त रुपमा पाएको थियो ।
मलेसियाले अतिरिक्त रुपमा ११ रन पाएको थियो । मलेसियाका लागि ओपनर नुर आलिया र हुसनाले सर्वाधिक पाँच–पाँच रन बनाएका थिए । भारतीय टोलीकी बलर वैष्णवी शर्मा एक्लैले पाँच विकेट लिइन् । उनले चार ओभरमा एक मेडन राख्दै केवल पाँच रन खर्चिइन् ।
आयुषी शुक्लाले पनि तीन विकेट हात पारिन् । उनले ३.३ ओभरमा एक मेडन राख्दै आठ रन खर्चिएकी थिइन् । ज्योसिथाले पनि एक विकेट लिइन् ।
समूह ‘ए’ मा रहेका चारवटै टोलीले दुई–दुई खेल खेलिसकेका छन् । चार अंकसहित भारत तालिकाको पहिलो स्थानमा उक्लिएको छ । समान चार अंक बटुलेको श्रीलंका नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ ।
तेस्रो स्थानमा आसिन वेस्ट इन्डिज र चौथो स्थानमा रहेको मलेसियाले भने अंक बटुल्न सकेका छैनन् । भारतले समूहगत चरणको आफ्नो अन्तिम खेल बिहीबार श्रीलंकासँग खेल्नेछ । सोही दिन मलेसियाले वेस्ट इन्डिजको सामना गर्नेछ ।
ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मार्क्रम र बडोनीको अर्धशतक, लखनउद्वारा १ सय ८१ रनको लक्ष्य प्रस्तुत
-
जनशक्ति सामुदायिक वनमा पाटेबाघ मृत फेला
-
छुट्टाछुट्टै स्थानमा भिरबाट लडेर दुई जनाको मृत्यु
-
सरकारले शिक्षकका माग र आन्दोलनलाई गम्भीरतापूर्वक लिएन – माओवादी इन्चार्ज गौतम
-
राप्रपाको आन्दोलनका कारण शिक्षकहरूको भोलिको प्रदर्शनको समय सारियो
-
मकवानपुर गोल्डकपको हिसाब किताब गोलमाल