बागमतीमा ३ दिन सहिद दिवस मनाइने

हेटौँडा । बागमती प्रदेश सरकारले विभिन्न कार्यक्रम आयोजना गरी सहिद दिवस ३ दिनसम्म मनाउने भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सहिद दिवस मनाउन मुल समारोह आयोजक समिति गठन गरी तयारी थालेको छ ।
जसअनुसार मन्त्रालयले १४, १५ र १६ गते ‘तीन दिन’ विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । मन्त्रालयको सोमबार मन्त्रालयमा बसेको सरोकारवाला निकायको बैठकले सहिद दिवसको अवसरमा माघ १४, १५ र १६ गते प्रदेश मन्त्रालय/ कार्यालयहरू र सार्वजनिक स्थानको विशेष सरसफाइ गर्ने निर्णय गरेको छ भने नगर क्षेत्र सरसफाइको कार्य हेटौँडा उपमहानगरपालिकालाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
माघ १६ गते साँझ प्रदेश स्थित सबै मन्त्रालय, कार्यालयहरू, सार्वजनिक एवम् सामुदायिक संघ संस्था, शैक्षिक प्रतिष्ठान तथा निकायले दीपावली गर्ने र सो कार्यका लागि नागरिकलाई समेत अनुरोध गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयकी प्रवक्ता मनुका घिमिरेले जानकारी दिइन् । हेटौँडाको बुद्ध चोक र बसपार्क र प्रदेशभर सबै सार्वजनिक निकायमा राष्ट्रिय झन्डा फहराउने, मन्त्रालय, निकायहरूले आफ्नो वेबसाइटको होम पेजमा ‘सहिद दिवस, २०८१’ लेखिएको ब्यानर देखाउने निर्णय गरेको छ ।
उक्त अवसरमा माघ १४ गते स्वास्थ्य मन्त्रालयले प्रदेशको १३ वटै जिल्लामा स्वास्थ्य सम्बन्धी शिविर सञ्चालन गर्ने, प्रदेशभरका सम्पूर्ण विद्यालयमा नियमित शैक्षिक क्रियाकलापका अतिरिक्त शहिदहरुको विषयसँग सम्बन्धित निबन्ध प्रतियोगिता सञ्चालन गर्ने, माघ १६ गते बिहान ७ः३० बजे हेटौँडा ११ स्थित सहिद स्मारक प्रवेशद्वारमा भेला भई प्रभातफेरी गरी सहिद स्मारकमा मूल समारोह कार्यक्रम सञ्चालन गर्ने बैठकले निर्णय गरेको उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकतन्त्रको विकल्प खोज्नु मुलुकलाई सङ्कटमा धकेल्ने काम हो : गृहमन्त्री लेखक
-
नेपाली कथामा जनयुद्धको प्रतिविम्बनः साक्ष्य सर्वेक्षण
-
जनकपुरका अस्पतालहरूले बिरामीसँग गम्भीर लापरबाही गरेको पाइएको छ : मुख्यमन्त्री सिंह
-
प्राधिकरणको आधिकारिक ट्रेड युनियनमा माओवादी केन्द्र निकट कर्मचारी सङ्गठन विजयी
-
‘बोरा’ निर्दयी छोराको कुरूप
-
अब प्रज्ञा प्रतिष्ठानमार्फत भाषा र संस्कृतिको खोज अनुसन्धानलाई गति दिनेछौँ : मुख्यमन्त्री आचार्य