टीआरपीका आधारमा टेलिभिजनमा विज्ञापन दिने तयारी
काठमाडौँ । नेपाल विज्ञापन बोर्डले टेलिभिजन रेटिङ प्वाइन्ट (टीआरपी) निकाल्नेबारे तयारी थालेको छ । बोर्डले टेलिभिजनहरूको भ्युवरसिप निकाल्ने र सोही आधारमा टेलिभिजनहरूमा विज्ञापन दिने गरी तयारी थालेको हो ।
नेपालमा अहिलेसम्म टेलिभिजन रियल टाइममा कति मान्छेले हेरिरहेका छन् भनेर तथ्याङ्क निकाल्न सकेको छैन । टेलिभिजनको टीआरपीको आधारमा विज्ञापन प्राप्त हुने अन्तर्राष्ट्रिय अभ्यासको सुरुवात गर्न छलफल चलाइएको बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले बताए। टेलिभिजनको लोकप्रियता र टेलिभिजनबाट प्रसारण हुने कार्यक्रमको लोकप्रियताको आधारमा विज्ञापन बाँडफाँड गर्नको लागि छलफल अघि बढाइएको अध्यक्ष हुमागाईँको भनाई छ ।
उनले भने, ‘नेपालमा टेलिभिजन रियल टाइममा कति मान्छेले हेरिराखेका छन् ? कुन टेलिभिजन कति लोकप्रिय छ ? र टेलिभिजनभित्रको पनि कुन कार्यक्रम कति लोकप्रिय छ ? भनेर अहिलेसम्म हामीले डाटा निकाल्न सकेका छैनौँ । संसारभरि टेलिभिजनहरूको भ्युअरसिप निकाल्ने तथा टेलिभिजन रेटिङ प्वाइन्ट (टीआरपी) निकाल्ने गरिन्छ । त्यो आधारमा टेलिभिजनहरूमा विज्ञापन प्राप्त हुने, र विज्ञापन पनि कार्यक्रमको लोकप्रियताको आधारमा मापन गरिन्छ । त्यसैले हामीले नेपालमा पनि टेलिभिजनहरूको रेटिङ निकाल्नुपर्छ भनेर हामीले छलफल चलाएका हौँ । सम्भवतः यो छलफलले मद्दत पुग्छ भन्ने हामीले विश्वास लिएका छौैं । ’
यस छलफलले टेलिभिजनहरूको टीआरपी निकाल्ने र सोही आधारमा विज्ञापन दिन सहजता प्रदान गर्ने उहाँको विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समिति सभापतिहरूको दाबी : समितिमा रहेका सबै विधेयक यसै अधिवेशनमा संसद् लैजान्छौँ
-
प्रस्तावनाबाट गृहले हटाएको ‘अपराध अनुसन्धान’ मन्त्रिपरिषद्बाट थप
-
सर्भरमा समस्या देखिएपछि अखिल क्रान्तिकारीको उम्मेदवारी दर्ता समय थपियो
-
आईजीपी नियुक्ति गर्न विधेयकले राखेको ६ आधार
-
कर फर्स्योट विवाद : चुडामणी शर्माको भ्रष्टाचार मुद्दामा सातौँ पटक ‘अन्य आदेश’
-
रणनीतिक योजना बनाएर काम गर्न बैंक तथा वित्तीय संस्थाका प्रमुखलाई अर्थमन्त्रीको निर्देशन