सिंहदरबारबाट हर्क साम्पाङको गुनासो : प्रधानमन्त्री र मन्त्रीका स्वकीय सचिवहरूले फोन उठाइदिएनन्
काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री र मन्त्रीहरुका स्वकीय सचिवसहितका सम्बन्धित अधिकारीले फोन नउठाइदिँदा समस्या भएको बताएका छन् । उनले फोन नउठेकै कारण समस्या भएको उनको भनाइ छ ।
धरानमा खानेपानीको व्यवस्थाका लागि बजेट सुनिश्चितताको मागसहित रित्तो गाग्रीसहित मंगलबार सिंहदरबार पुगेका साम्पाङले भने, ‘स्वकीय सचिवले फोन उठाइदिए र भेट्न टाइम मिलाइदिए हुन्थ्यो । मलाई त समस्या भयो भने सर्वसाधारणलाई के होला ।’
उनले अर्थमन्त्री विष्णु पौडेललाई भेट्न आफूले झन्डै दुई घण्टा कुरेको बताउँदै फोन नउठेकै कारण पहिला समन्वय हुन नसकेको बताए । साम्पाङले अर्थका साथै खानेपानीमन्त्रीलाई समेत भेटेर आफ्नो मागबारे अवगत गराएका छन् ।
यस्तै आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफूले आफ्नो मागसम्बन्धी पत्र हस्तान्तरण गर्ने पनि अर्थमन्त्रीलाई भेटेपछि सञ्चारकर्मीलाई बताए ।
भेटका क्रममा अर्थमन्त्री विष्णु पौडेलले धरानको खानेपानी समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको बताएको साम्पाङले बताए । उनका अनुसार उक्त खानेपानी आयोजनाका लागि ५ अर्ब ७२ करोड लाग्ने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समिति सभापतिहरूको दाबी : समितिमा रहेका सबै विधेयक यसै अधिवेशनमा संसद् लैजान्छौँ
-
प्रस्तावनाबाट गृहले हटाएको ‘अपराध अनुसन्धान’ मन्त्रिपरिषद्बाट थप
-
सर्भरमा समस्या देखिएपछि अखिल क्रान्तिकारीको उम्मेदवारी दर्ता समय थपियो
-
आईजीपी नियुक्ति गर्न विधेयकले राखेको ६ आधार
-
कर फर्स्योट विवाद : चुडामणी शर्माको भ्रष्टाचार मुद्दामा सातौँ पटक ‘अन्य आदेश’
-
रणनीतिक योजना बनाएर काम गर्न बैंक तथा वित्तीय संस्थाका प्रमुखलाई अर्थमन्त्रीको निर्देशन