पवन कार्की समूहले खडा गर्यो छुट्टै टिम, अध्यक्ष वा महासचिवसहित ५० प्रतिशत दाबी
काठमाडौँ । नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा भावी नेतृत्व दाबीसहित नयाँ टिम खडा भएको छ । निवर्तमान उपाध्यक्ष पवन कार्की समूहले नयाँ टिम बनाएको हो ।
कार्की समूहबाट अध्यक्षमा उपदेश यादव र सञ्जीव फुयाँल दाबेदार छन् । यादव निवर्तमान उपमहासचिव र फुयाँल सचिव हुन् । यद्यपि पार्टी अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवहरू वर्षमान पुन, शक्ति बस्नेतको साझा उम्मेदवार बनाउने गरी सहमतिको प्रयास भइरहेको स्रोतको दाबी छ ।
साझा उम्मेदवार बनाउने विषयमा सोमबार पार्टी कार्यालय पेरिसडाँडा छलफल भएको थियो । तर, रातिसम्म भएको छलफलमा सहमतिको प्रयास असफल भएपछि कार्की समूहले विद्रोही टिम खडा गर्ने तयारी गरेको स्रोतको दाबी छ । प्रचण्ड–वर्षमान समूहले अध्यक्ष पाएमा आफूलाई महासचिवसहित ५० प्रतिशत दिनुपर्ने माग कार्की समूहको रहेको छ । सहमति भएमा फुयाँललाई महासचिवमा अगाडि सारिने नभएमा यादव र फुयाँलमध्ये एक अध्यक्ष बनाएर चुनावी प्रतिस्पर्धामा जाने तयारी कार्की समूहको छ । यी दुवै जान वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ निकट नेता हुन् ।
कार्की समूहको उपाध्यक्षमा सञ्जीव चौधरी, तुलसीराम न्यौपाने, सुस्मा रेग्मी, समीर बुढाथोकी, विवेक मैनाली, किरण लिङ्देन, बिनु खड्का लगभग पक्का भएको छ । यस्तै अध्यक्ष नपाएमा फुयाँललाई महासचिव बनाउने तयारी छ । अध्यक्ष पाएमा विराज थापा, निरोज श्रेष्ठ र बेनुप खत्रीमध्ये एक जना महासचिव बन्नेछन् । यता निवर्तमान अध्यक्ष पञ्चा सिंहले छुट्टै समूह लिएर प्रचण्ड–वर्षमान समूहमा गएको बुझिएको छ । तर को–को नेता लिएर गएको भन्ने विषय खुल्न आएको छैन ।
यसैगरी, प्रचण्ड निकटबाट विजय प्रकाश शर्मा सापकोटा, तिर्सना हमाल र सुदिन पौडेलमध्ये एकलाई अध्यक्ष बनाउने तयारी छ । पुन निकट रहेका पौडेललाई सहमतिमा उम्मेदवार नबनाए अध्यक्षमा प्रतिस्पर्धा गर्ने तयारी गरेको अर्का एक विद्यार्थी नेताले बताए । यो समूहले श्याम रोकालाई महासचिवमा अगाडि बढाउने तयारी छ ।
यसैगरी उपमहासचिव जनार्दन शर्मा निकट हेमन्त राई अध्यक्षका बलिया दाबेदार रहेका छन् । यो समूहले रोशन थापामगर र अटल आचार्यमध्ये एक महासचिव बनाउने लगभग निश्चित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूचनाले लोकतन्त्रलाई बलियो बनाउँछः मन्त्री लामिछाने
-
नबिल बैंकद्वारा जाजरकोट र रुकुम पश्चिममा कम्बल वितरण
-
एनआरएनका माग क्रमशः पुरा हुँदै जान्छन् : प्रधानमन्त्री
-
प्रधानमन्त्री कप महिला क्रिकेटको ‘सुपर–४’ समीकरण पुरा
-
पदाधिकारी बैठकअघि विद्यार्थी नेताहरूसँग प्रचण्डको छलफल
-
५ अंकले बढ्यो नेप्से, ६ अर्ब १९ करोडको कारोबार