कोशी प्रदेशलाई हराउँदै पहिलो स्थानमा उक्लियो आर्मी
काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले दोस्रो जित हासिल गरेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार सम्पन्न खेलमा आर्मी क्लबले कोशी प्रदेशलाई नौ विकेटले हरायो ।
जितसँगै आर्मी क्लब तीन खेलबाट चार अंक बटुल्दै समूह ‘बी’ तालिकाको पहिलो स्थानमा उक्लिएको छ । तीन खेल खेलेको कोशी प्रदेश चार अंकसहित तालिकाको दोस्रो स्थानमा छ । दुई खेल खेलेको बागमती प्रदेश दुई अंकसहित तेस्रो र दुवै खेलमा पराजित भएको मधेस प्रदेश चौथो स्थानमा छन् ।
मंगलबारको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको कोशी प्रदेशले निर्धारित सात ओभरमा पाँच विकेट गुमाएर ३६ रन बनाएको थियो । प्रतिकूल मौसमका कारण निर्धारित समयभन्दा निकै ढिलो सुरु भएकाले खेल सात–सात ओभरमा झारिएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको आर्मी क्लबले भने ६.२ ओभरमै केवल एक विकेट गुमाएर ४० रन बनाउँदै विजयलक्ष्य पार ग¥यो । आर्मी क्लबको जितमा ओपनर सम्झना खड्काले अविजित ३२ रनको योगदान गरिन् । उनले केवल २३ बलमा पाँच चौका पनि हिर्काइन् ।
अर्की ओपनर अञ्जली विश्वकर्माले ६ रन बनाइन् । तेस्रो नम्बरमा क्रिज समाल्न आएकी रुवी पोद्दार एक रनमा अविजित रहिन् । त्यसअघि कोशी प्रदेशका लागि स्मृति कटुवालले सर्वाधिक १४ रन बनाएकी थिइन् ।
कोशी प्रदेशका अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । आर्मी क्लबकी बलर मनिषा चौधरीले तीन विकेट लिइन् । उनी प्लेयर अफ दि म्याच पनि घोषित भइन् । सुस्मिता भुसालले पनि दुई विकेट हात पारिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री कप महिला क्रिकेटको ‘सुपर–४’ समीकरण पुरा
-
पदाधिकारी बैठकअघि विद्यार्थी नेताहरूसँग प्रचण्डको छलफल
-
५ अंकले बढ्यो नेप्से, ६ अर्ब १९ करोडको कारोबार
-
जनार्दनलाई योगेशको जवाफ: राजीनामा दिएको हैन, मन्त्री पाएर छाडेको हो
-
शिक्षकहरू फेरि काठमाडौँ केन्द्रित आन्दोलनको तयारीमा
-
कसले पाउला आरसीबी, केकेआर र दिल्ली क्यापिटल्सको कप्तानको जिम्मेवारी ?