संसदीय समितिलाई बन्दी बनाउनु हुँदैन : जनार्दन शर्मा
लेखा समितिको सभापति विपक्षीलाई दिन माग
मङ्गलबार, ०८ माघ २०८१, १३ : ०४

काठमाडौँ । माओवादी केन्द्रका नेता तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले संसदीय समितिलाई बन्दी बनाउन नहुने बताएका छन् । मङ्गलवार समितिको बैठकमा बोल्दै उनले लेखा समितिले सरकारको छायाको रूपमा काम गरेको आरोप लगाए ।
भूमिसम्बन्धी अध्यादेशमा सुकुम्वासीलाई जग्गा दिने कुरा मात्रै उल्लेख भएको भन्दै उनले सार्वजनिक सम्पत्तिको सुरक्षामा प्रश्न उठाए ।
साथै आइपीओ प्रिमियममा निकाल्न पाउने व्यवस्था त्यसमा भएको भन्दै उनले घाटमा गएका कम्पनीले पनि आइपीओ निकाले जनता मारमा पर्ने बताए ।
साथै लेखा समितिले गरेका निर्णय र निर्देशन के भएका छन् भन्ने कुनै जानकारी नपाइएको भन्दै उनले सत्ता पक्षको सभापति हुँदा नहुने रहिछ भन्ने यहीबाट पुष्टि भएको शर्माले बताए । उनले लेखा समितिको सभापति विपक्षीलाई दिन पनि माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको राजनीतिक प्रशिक्षण : ६ मुख्य शीर्षकका ५६ वटा विषय समावेश
-
नकारात्मकताको जरो नै केपी ओली : उपाध्यक्ष खतिवडा
-
७५३ वटै पालिकामा स्थानीय युवा परिषद् गठन गर्न माग
-
अस्ट्रेलिया र इंग्ल्यान्डबिचको खेलमा भारतीय राष्ट्रिय गान बजेपछि...
-
अशोक राई नेतृत्वको जसपाले स्थापना गर्यो पार्टी कार्यालय
-
प्रकृति लम्सालको मृत्यु प्रकरण : परराष्ट्रमन्त्री आरजुले गरिन् मुख्यमन्त्री माझीसँग फोनवार्ता