ट्रम्प दोस्रो पटक अमेरिकी राष्ट्रपति बनेमा के भन्छन् जेलेन्स्की ?

वासिङटन डीसी । डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकी राष्ट्रपति बनेका छन् । यसैबिच युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले यसबारे प्रतिक्रिया दिएका छन् । ‘उनी एक शक्तिशाली व्यक्ति हुन् । म राष्ट्रपति ट्रम्प र सम्पूर्ण अमेरिकाको सफलताको कामना गर्दछु,’ जेलेन्स्कीले भने । उनी भन्छन्, ‘युक्रेनको जनता शान्तिका लागि अमेरिकासँग काम गर्न तयार छ । यो एउटा अवसर हो जसको फाइदा अवश्य उठाउनुपर्छ ।’
जेलेन्स्कीले माइक्रो ब्लगिङ वेबसाइट एक्समा गरिएको एक पोस्टमा अझ अगाडि उनले भनेका छन्, ‘४७ औँ राष्ट्रपति बनेकोमा म राष्ट्रपति ट्रम्प र अमेरिकी जनतालाई बधाई दिन्छु । आज परिवर्तन र भौगोलिक चुनौतीहरूसहित धेरै समस्याहरूबारे गरिएको संकल्पको लागि आशाको दिन हो ।’
ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्य गर्नेबारे धेरै पटक बोलेका छन् । आफूले शपथ ग्रहण गरेलगत्तै यो युद्ध अन्त्य गराउने दाबी पनि उनले गरेका छन् । तर यो कसरी गराउनेछन् भन्ने चाहिँ उनी विस्तारमा भनेका छैनन् ।