टर्कीमा होटलमा आगो लाग्दा १० को मृत्यु, ३२ जना घाइते
मङ्गलबार, ०८ माघ २०८१, १२ : ४१
_pyqys2t3Ep.jpg)
अंकारा । उत्तरपश्चिमी टर्कीको एक स्की रिसोर्ट होटलमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ । अरू ३२ जना जलेर घाइते भएको बताइएको छ ।
धेरै प्रयासपछि दमकलले आगो नियन्त्रणमा लिएको छ । घाइतेहरूलाई अस्पतालमा भर्ना गरेर उपचार गरिँदैछ । बोलु प्रान्तको कारतलकाया रिसोर्टको रेस्टुरेन्टमा राति आगलागी भएको टर्कीका मन्त्री अली येर्लिकायाले बताए ।
आगलागी भएपछि होटलमा कोलाहल मच्चिएको थियो । आगो फैलिएपछि आत्तिएर भवनबाट हाम फाल्ने क्रममा दुई जनाको मृत्यु भएको थियो ।
घटनाको समयमा होटलमा २३४ जना पाहुना थिए । आगलागीको कारण पत्ता लागेको छैन । यस घटनाको छानबिन भइरहेको छ ।
घटनास्थलमा ३० वटा दमकल र २८ वटा एम्बुलेन्स पठाइएको थियो । राहत र उद्धार कार्य भइरहेको भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफूलाई भेट्न आउन लागेका दुई नेतामाथि खनिए ट्रम्प
-
गोविन्दराज विनोदीको ‘वेदनाको बाँसुरी’मा विचारपक्ष र त्यसको संगति
-
बागमती गोल्डकप : फाइनल प्रवेशका लागि मच्छिन्द्र र थ्री स्टार भिड्दै
-
हमासले रेडक्रसलाई हस्तान्तरण गरेको नयाँ शव कसको ? इजरायलले थाल्यो अनुसन्धान
-
मोदी मौरिससकाे राष्ट्रिय दिवस समारोहमा सहभागी हुने
-
स्ववियु निर्वाचनमा विद्यार्थी संगठनहरूबिच तालमेल नहुने