समितिमा आएका उजुरी केबल सूचना हुन् : गोकुल बास्कोटा
मङ्गलबार, ०८ माघ २०८१, १२ : २५

काठमाडौँ । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले लेखा समितिमा उजुरीहरू आउनु स्वाभाविक भएको बताएका छन् । मंगलबार बसेको समितिको बैठकमा उनले भने– 'समितिमा परेका उजुरी केबल सूचना हुन् । तथ्य पत्ता लगाउन समितिले पहल गर्दा राम्रो हुन्छ । '
बैठकमा उनले अध्यादेश कसरी अलोकतान्त्रिक हुन्छ ? भन्दै उनले भने– 'अलोकतान्त्रिक हो भने सरकारले अध्यादेश ल्याउन पाउने बुँदा नै झिकेर पाल्दिऊ न । अध्यादेश हिजो पनि आएको छ । अहिले धन्न २० प्रतिशतमा दल फुटाउने अध्यादेश त आएको छैन । '
एउटा दलले अर्कोलाई आरोप लगाउने र टाउको झुकाएर हिँड्नुपर्ने अवस्था अन्त्य गर्नुपर्नेमा समेत उनले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली
-
हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
-
एकता महाधिवेशनबाट नेतृत्वका लागि तयार छु : विनोद कुँवर
-
चुनकुमारी हत्या प्रकरण : ६ जना पक्राउ