चितवन घटनामा आस्था राउतको प्रहरीलाई कटाक्ष : न्वारनदेखिको बल निकालेर ठोक्नु भएछ नि ‘मामा’ !

काठमाडौँ । गायिका आस्था राउतले प्रहरीले चितवनमा एक जना युवामाथि गरेको निर्घात कुटपिटको विरोध गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै उनले त्यसको विरोध समेत गरेकी हुन् ।
प्रहरीको भकुर्ने बानी परिवर्तन हुनुपर्ने धारणा राखेकी छन् । विदेशमा मान्छे मारेको मानिसलाई समेत प्रहरी हात नहाल्ने उनको भनाइ छ ।
‘न्वारनदेखिको बल निकालेर ठोक्नु भएछ नि, त्यो भाइलाई मामा । हाम्रो देशमा कुटेरै तह लगाउँछौँ भनेर ठोक्छन्’, उनले भनेकी छन् ‘घरी जुँगाको लडाइँ हो कि बा जस्तो लाग्छ ।’ संस्कार सिकाउनै भएपनि कुट्नु समाधान नभएको बताउँदै उनले कुटेरै ठिक पार्नुपर्छ भन्ने चलन अब परिवर्तन हुनुपर्नेमा जोड दिएकी छन् ।
‘मानिसहरुको मानसिक स्थिति नै परिवर्तन हुनसक्छ । ठाउँका ठाउँ लाग्यो भने ज्यान जान सक्छ’, उनले सरकारसँग पनि प्रश्न समेत गरेकी छन्, ‘बोल्न नहुने कस्तो गणतन्त्र हो सरकार ?’
‘ठिक छ कल गर्छु भन्यो भने ल गर भनेर भ्यानमा हाले भइहाल्यो नि । अनि लगेर जेल हाले भयो’, आस्थाले अगाडि भनेकी छन्, ‘किन राम धुलाई गर्नु निर्घात रूपमा बिच सडकमा ।’
उनले प्रहरीले यसरी कुट्ने बानी अहिले देखिको नभएको बताउँदै यो परिवर्तन आफूहरूले चाहेको धारणा राखेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ विदेशी मुद्राको बजार भाउ, कसको मूल्य कति ?
-
प्रिमियर लिग : लिभरपुल सजिलै जित्दा आर्सनलाई नटिङघमले रोक्यो
-
प्रिमियर लिगमा म्यान्चेस्टर सिटी र युनाइटेड दुबै विजयी
-
रुद्रतालको संरक्षणमा जुट्यो ढोरपाटन
-
पशुपतिनाथमा किन गरिन्छ चार प्रहरको विशेष पूजा ?
-
ट्रम्पको जालमा जेलेन्स्की, शुक्रबार अमेरिकामा ‘विशाल सम्झौता’