राष्ट्रपति बनेको पहिलो दिन रुस–युक्रेन युद्ध रोक्ने दाबीमा ट्रम्पले के भने ?
मङ्गलबार, ०८ माघ २०८१, १२ : ०५

वासिङ्टन डिसी । डोनाल्ड ट्रम्प जनवरी २० मा अमेरिकाको ४७ औँ राष्ट्रपति बनेका छन् । राष्ट्रपति बनको पहिलो दिन नै रुस–युक्रेन युद्ध रोक्छु भन्ने आफ्नो पुरानो दाबीमाथि प्रतिक्रिया दिएका छन् । ‘आधा दिन मात्र बित्यो । मसँग अझै आधा दिन बाँकी छ । के हुन्छ हेरौँ न ।’ राष्ट्रपति कार्यालयमा पत्रकारहरूले ट्रम्पलाई यस विषयमा प्रश्न गर्दा उनले भनेका थिए ।
‘मैले बुझेसम्म युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की युद्ध अन्त्य गर्न रुससँग सम्झौता गर्न चाहन्छन्,’ ट्रम्पले पत्रकारहरूलाई भने । ‘धेरैजसो मानिसहरूले रुस–युक्रेन युद्ध एक हप्तामै समाप्त हुनेछ भन्ने सोचेका थिए । यो युद्ध समाप्त भयो भने जेलेन्स्कीको लागि धेरै राम्रो हुनेछ भन्ने मलाई लाग्छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘वसन्त’ को प्रचारमा किन लुकाइयो राजेश, करिश्मा लगायतका चर्चित कलाकार ?
-
सिनामंगलबाट लाखौँको धनमाल चोरी
-
वार्तामार्फत आन्दोलनरत शिक्षकका माग सम्बोधन गरिनुपर्छ : उपेन्द्र यादव
-
महिला संघमा चर्कियो विवादः माग पूरा नभए राजीनामा दिने २० केन्द्रीय सदस्यको चेतावनी
-
तयारी प्रभावकारी भयो, हङकङमा राम्रो क्रिकेट खेल्छौँ : रोहित
-
रोल्पा र डोटीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु