दक्षिणी सीमामा ट्रम्पले लगाए आपतकाल

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको दक्षिणी सीमामा आपतकाल घोषणा गरेका छन् । गैरकानूनी रूपमा अमेरिका प्रवेशमाथि कडाइ गर्न ट्रम्पले सोमबार उक्त घोषणा गरेका हुन् ।
अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा शपथ खाएर ह्वाइट हाउसको ओभल अफिसमा छिरेको केही बेरमै ट्रम्पले यो निर्णय गरेका हुन् । योसँगै ट्रम्पले अब दक्षिणी सीमामा अमेरिका सेना पठाउन बाटो खुलेको छ ।
यस अघि अमेरिकाले अवैध रूपमा घुसेका आप्रवासीहरूलाई सीमामा लगेर छाड्ने गरेको थियो । तर यो नीति अन्त्य गर्ने बताइएको छ । अपराध गर्ने विदेशीलाई उनीहरूकै देश फिर्ता पठाइने उनले बताएका छन् ।
अमेरिका र मेक्सिकोको सीमाबाट अमेरिकामा छिर्ने अवैध आप्रवासीहरूको बढ्दो संख्या अमेरिकी राजनीतिको ठूलो मुद्दाको रूपमा रहेको छ । सोही सीमा भएर अवैध आप्रवासी र अपराधीहरू अमेरिकामा छिरिरहेको ट्रम्पको आरोप छ । अघिल्लो कार्यकालमा मेक्सकोसँगको सीमामा पर्खाल लगाउन ट्रम्पले केही बजेट पनि छुट्टाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरेनियम प्रशोधन हाम्रो अधिकार हो, सम्झौताको विषय होइन : इरान
-
अन्तर्राष्ट्रिय सेफ सोसाइटीले भृकुटीमण्डपमा फुड फेस्टिभल गर्दै
-
नगर कार्यपालिकाको निर्णयअनुसार तत्काल शिक्षक दरबन्दी मिलान नगर्नु : उच्च अदालत दिपायल
-
१० बजे १० समाचार : २२ वर्षीय युवकले पारे एक करोड झ्वाम, पूर्व प्रदेश प्रमुख फरार
-
लक्ष्यअनुसार प्रगति हासिल हुनेगरी काम गर्न ऊर्जामन्त्रीको निर्देशन
-
संयन्त्रको बैठकपछि गृहमन्त्रीले भने, ‘कांग्रेस र एमालेबिच कुनै समस्या छैन’