१४ महिनापछि मैदानमा फर्कँदै तीव्र गतिका बलर मोहम्मद सामी
काठमाडौँ । भारतीय टोलीले निकट भविष्यमा इङ्गल्यान्डसँग पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्दै छ । उक्त शृङ्खला भारतकै भूमिमा खेलिने छ । शृंखलाअन्तर्गतको पहिलो खेल बुधबार कोलकातास्थित इडन गार्डन्समा खेलिने छ ।
यो शृङ्खलामा प्रभावशाली बलर मोहम्मद सामी पनि मैदानमा देखा पर्ने भएका छन् । उनी १४ महिनापछि अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्कन लागेका हुन् । उनी स्वास्थ्य समस्याका कारण लामो समयदेखि मैदानमा देखा परेका थिएनन् ।
सन् २०२४ को प्रारम्भमै उनको कुर्कुच्चाको शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि उनको घुँडामा समस्या देखिएको थियो । सोही कारणले उनी लामो समयदेखि मैदान बाहिर थिए ।
यसबिचमा उनले रणजी ट्रफी, विजय हजारे ट्रफी, मुश्ताक अली ट्रफीजस्ता घरेलु प्रतियोगितामा भने सहभागिता जनाएका थिए । ३४ वर्षीय दायाँहाते तीव्र गतिका बलर सामीले भारतका लागि तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका छन् ।
सामीले ६४ टेस्टको एक सय २२ पालीमा दुई सय २९ विकेट लिएका छन् । एक सय एक एकदिवसीय अन्तर्राष्ट्रियमा पनि उनले कुल एक सय ९५ विकेट हात पारेका छन् । यसका अतिरिक्त उनले २३ टी–२० अन्तर्राष्ट्रियता कुल २४ विकेट कुम्ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशलाई हराउँदै पहिलो स्थानमा उक्लियो आर्मी
-
फागुनमा उपत्यकाव्यापी कराँते प्रतियोगिता हुने
-
संसदीय समितिलाई बन्दी बनाउनु हुँदैन : जनार्दन शर्मा
-
आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत
-
गत वर्षको तुलनामा बढ्यो चिया निर्यात
-
ट्रम्प दोस्रो पटक अमेरिकी राष्ट्रपति बनेमा के भन्छन् जेलेन्स्की ?