फ्लोरेन्टिनो पेरेज थप चार वर्ष रियल म्याड्रिडको अध्यक्ष
काठमाडौँ । फ्लोरेन्टिनो पेरेजले थप चार वर्ष स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडको अध्यक्षको जिम्मेवारी निर्वाह गर्ने भएका छन् । उनी अर्को कार्यकालका लागि पनि रियल म्याड्रिडको अध्यक्षमा निर्वाचित भएका हुन् ।
रियल म्याड्रिडले पनि यो समाचारको पुष्टि गरेको छ । ७७ वर्षीय पेरेज पेशाले सिभिल इन्जिनियर र सफल व्यवसायी हुन् । अन्य केही व्यक्तिले पनि रियल म्याड्रिडको अध्यक्ष बन्ने चाहना राखेका थिए ।
तर, अन्तिम समयमा आएर पेरेजको विरुद्धमा कसैले पनि उम्मेदवारी दिन चाहेनन् । रियल म्याड्रिडको अध्यक्ष बन्न चाहने व्यक्तिले क्लबको कुल बजेटको १५ प्रतिशत रकमको जिम्मेवारी वहन गर्नु पर्ने प्रावधान रहेको छ ।
पेरेज रियल म्याड्रिडको निर्विरोध निर्वाचित भएको यो पहिलो पटक होइन । यसअघि सन् २०१३, सन् २०१७ र सन् २०२१ मा पनि उनी बोर्डमा निर्विरोध निर्वाचित भएका थिए ।
‘फियोरेन्टिनो पेरेज पुनः चार वर्षका लागि क्लबको अध्यक्ष बन्ने निश्चित भएको छ । उनको विरुद्धमा कसैले पनि उम्मेदवारी घोषणा गरेनन्,’ रियल म्याड्रिडद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
पेरेजको नयाँ कार्यकाल सन् २०२९ सम्म रहने छ । उनले रियल म्याड्रिडको अध्यक्षको भूमिका भने सन् २००० देखि निर्वाह गर्दै आएका हुन् ।
पेरेजले आफ्नो कार्यकालमा लुइस फिगो, जिनेदिन जिदान, रोनाल्डो नजारियो, डेभिड बेकह्यामजस्ता प्रभावशाली खेलाडीलाई क्लबमा भित्राउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
यसका अतिरिक्त, क्रिस्टियानो रोनाल्डो, करिम बेन्जेमा, काकाजस्ता चर्चित खेलाडीलाई पनि उनले क्लबमा भित्राएका थिए । उनको कार्यकालमा रियलले थुप्रै उपाधि पनि जितेका छ ।
पेरेजको कार्यकालमा रियल म्याड्रिडले सातपटक स्पेनिस ला लिगा, सातपटक यूईएफए च्याम्पियन्स लिग र ३७ वटा विभिन्न ठुला प्रतियोगिताको उपाधि चुमिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय समितिलाई बन्दी बनाउनु हुँदैन : जनार्दन शर्मा
-
आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत
-
गत वर्षको तुलनामा बढ्यो चिया निर्यात
-
ट्रम्प दोस्रो पटक अमेरिकी राष्ट्रपति बनेमा के भन्छन् जेलेन्स्की ?
-
स्टक एक्सचेन्जमा ठुलो बार्गेनिङ भएको छ : अर्जुननरसिंह केसी
-
टर्कीमा होटलमा आगो लाग्दा १० को मृत्यु, ३२ जना घाइते